काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निश्चित समयावधिपछि गोचर गर्दछ। ग्रहको गोचर कसैको लागि शुभ रहन्छ भने कसैको लागि अशुभ रहन्छ। ग्रहको सेनापति मङ्गल ग्रह जेठ ३ गते(मे १७ तारिख) मङ्गलबार मीन राशिमा प्रवेश गर्दैछ। मङ्गलको यो गोचरको प्रभाव सबै राशिहरुमा पर्छ। तर तीमध्ये ३ राशि यस्ता छन्, जसलाई यो गोचर लाभदायी सिद्ध हुन् सक्छ। जान्नुहोस्, ती राशि कुन-कुन हुन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मङ्गल गोचर ११ औँ भावमा हुनेछ, जसलाई आय र लाभको भाव भनिन्छ। तसर्थ यस अवधिमा तपाईको आयमा राम्रो वृद्धि हुनेछ। साथै व्यापार व्यवसायबाट राम्रो मुनाफा हुनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। यस अवधिमा तपाईको कार्यशैलीमा सुधार आउनेछ, जसले गर्दा कार्यालयमा तपाईले वाहवाही पाउनुहुनेछ। वरिष्ठ पदाधिकारीको सहयोग प्राप्त हुनेछ। मङ्गल ग्रह तपाईको सप्तम भावको स्वामी हो। त्यसैले यससमयमा तपाईले जीवनसाथीको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। साझेदारीको काममा भरपूर सफलता हासिल गर्नुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि मङ्गल ग्रहको गोचर लाभदायी साबित हुनेछ। किनकी मङ्गल ग्रह तपाईको राशिको दशम स्थानमा गोचर गर्नेछ, जसलाई कर्म र जागिरको भाव भनिन्छ। त्यसैले यस अवधिमा तपाईले नयाँ नोकरीको प्रस्ताव पाउनुहुनेछ। जागिर गर्दै हुनुहुन्छ भने तपाईको बढुवा हुन् सक्छ र तपाईको कामको तारिफ हुनेछ। साथै नयाँ व्यवसायिक सम्बन्ध बन्न सक्छ। साथै यस अवधिमा कारोबार पनि विस्तार हुन् सक्छ। घर-जग्गा खरिद-बिक्रीबाट फाइदा हुनेछ। व्यापारमा कुनै ठूलो सम्झौता हुन् सक्छ। साथै व्यापारमा लगानी गर्नको लागि समय अनुकूल छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मङ्गल ग्रह गोचर तपाईको राशिबाट नवम भावमा हुनेछ, जसलाई भाग्य र विदेशको स्थान भनिन्छ। यसकारण यस समयमा तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ। साथै लामो समयदेखि रोकिएको काम पूरा हुनेछन्। सरकारी टेन्डर लिन चाहनेहरुका लागि समय अनुकूल छ। व्यापारको सिलसिलामा यात्रामा निस्कनुपर्नेछ। परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई भाग्यले पूरा साथ दिनेछ। यस अवधिमा अध्यात्मतर्फ रुचि बढ्न सक्छ। परीक्षामा सफलता हासिल गर्नुहुनेछ। ग्रह नवम, दशम र एघारौँ भावमा गोचर गर्दा शुभ फलदायी साबित हुन्छ।