चाणक्य नीति : बहुगुण सम्पन्न भए पनि एउटा अवगुणले नष्ट पार्छ सबथोक

काठमाडौँ : आचार्य विष्णु गुप्त जसलाई संसारले आचार्य चाणक्य नामले चिन्छन्। आचार्य चाणक्यको भनाई आज पनि त्यति नै सान्दर्भिक छ, जति उनको पालामा थियो। उनले सफल जीवनका लागि धेरै मन्त्रहरु दिएका छन्, जसलाई उनले कालजयी पुस्तक अर्थशास्त्रमा सङ्कलन गरेका छन्। आज हामी आचार्य चाणक्यका तिनै विचारहरुमध्ये एक विचारको बारेमा विश्लेषण गर्नेछौँ।

आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा कसरी एक दोषले सबै गुणलाई नष्ट गर्छ भन्नेबारे बताएका छन्। नीतिशास्त्र आचार्य चाणक्यले भनेका छन्, “बहुगुणहरुबाट सम्पन्न भए पनि एउटै दोषले सबैलाई नष्ट गर्छ।”

आचार्य चाणक्यको यस भनाइको स्पष्टिकरण यो हो कि मानिसको कुनै एक दोष प्रमाणित भयो भने त्यो सबै गुणहरुलाई भारी पर्छ। उदाहरणका लागि तपाई कुनै व्यक्तिलाई चिन्नुहुन्छ र उसमा तपाईले कुनै खराबी देख्नुहुन्न भने उसको साथ तपाईलाई असाध्यै मन पर्छ। त्यो मान्छेसँग तपाई धेरै उठबस गर्न थाल्नुहुन्छ। दिमागमा उसको नाम आउनेबित्तिकै तपाईको अनुहारमा मुस्कान छाउनेछ। यदि तपाईले उसको बारेमा केही नराम्रो कुरा थाहा पाउनुभएमा तपाईको स्वभावमा तुरुन्तै परिवर्तन आउँछ।

त्यो मान्छेको नाम सुन्नेबित्तिकै तपाईको मुस्कान गायब हुनेछ। उक्त व्यक्तिको नाम सुन्नेबित्तिकै पनि तपाईलाई रिस उठ्न थाल्छ। यसको मतलब तपाईले उक्त व्यक्तिमा यस्तो कमी देख्नुभयो जसले उसको अनगिन्ती गुणहरुलाई पनि नजरअन्दाज गरिदियो। त्यसैले आचार्य चाणक्यले धेरै गुणहरु भएर पनि एउटा दोषले सबैथोक नष्ट गर्छ भनेका हुन्।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भूमि पुत्र मङ्गल मङ्गलबार मीन राशिमा प्रवेश गर्दै, ३ राशिलाई धन एवं प्रतिष्ठा लाभको प्रबल योग