काठमाडौँ : हस्तरेखा विज्ञानमा सूर्य रेखालाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। सूर्यरेखा विकसित हुने समयदेखि विभिन्न पर्वतसम्म पुग्ने परिणाम पनि अलग-अलग हुन्छ। यदि सूर्यरेखा सूर्यक्षेत्रतर्फ नगई शनिको औँला तर्फ गएमा त्यस व्यक्तिले धेरै कठिनाईसँग उन्नति एवं सफलता हासिल गर्छन्। यस्ता व्यक्ति धनी र सम्पन्न भएर पनि सुखी रहन सक्दैनन्। यदि यो रेखाले शनिक्षेत्रलाई काटिरहेको छ या आफ्नो कुनै शाखा गुरुक्षेत्रतर्फ गईरहेको छ भने यस्ता व्यक्तिले उच्च पद हासिल गर्छन्।

यदि सूर्य रेखा चन्द्रक्षेत्रबाट आरम्भ हुन्छ भने त्यस्ता व्यक्तिको भाग्य चम्किन्छ किनकी यिनको प्रगति व्यक्तिगत मेहनतमा भन्दा अरूको इच्छा र मद्दतमा निर्भर हुन्छ। साथीहरूले यस्तो व्यक्तिलाई मद्दत गर्छन्। यदि सूर्य रेखा भाग्य रेखाबाट आरम्भ हुन्छ भने भाग्यरेखाका गुणहरु बढाएर यसको शक्ति दोब्बर बनाउँछ।

प्राय: यो रेखा जुन स्थानबाट भाग्यरेखा उठेको हुन्छ त्यहीँबाट विशेष उत्कर्ष या उन्नतिको आरम्भ हुन्छ। रेखा जति धेरै स्पष्ट र सुन्दर हुन्छ, उन्नतिको क्षेत्र पनि त्यत्ति नै विस्तृत र उन्नति पनि धेरै हुनेछ। यस्ता रेखा भएका व्यक्ति कुशल कलाकार या शिल्पकार हुन् सक्दैनन्। तर उनीहरु सुन्दरताको पुजारी र प्राकृतिक दृश्यप्रेमी हुन्छन्। यस्ता व्यक्तिहरु सुन्दरता र प्रकतिलाई प्रेम गर्छन्।

