मोहिनी एकादशीमा हर्षण योगसहित बन्दैछन् यस्ता विशेष संयोग, ४ राशिका लागि वरदान समान

काठमाडौँ : विभिन्न योग तथा संयोगलाई ज्योतिषको दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ। हिन्दू पञ्चाङ्ग अनुसार बैशाख २९ गते बिहिबार महत्वपूर्ण संयोग बन्दैछ। जसकारण यस दिन गरिएको पूजा-पाठको फल धेरै गुणा बढी मिल्छ। यस दिन मोहिनी एकादशी ब्रत पनि परेको छ।

बैशाख २९ गते बिहिबार बैशाख शुक्लपक्षको एकादशी तिथि हो। यस दिन विशेष धार्मिक कार्य गर्ने विधान शास्त्रमा उल्लेख छ। एकादशी तिथिलाई सबै तिथिहरुमा सर्वश्रेष्ठ मानिन्छ। पौराणिक कथा अनुसार भगवान विष्णुले पृथ्वीलाई राक्षसबाट बचाउन मोहिनीको रूप धारण गरेका थिए। त्यसैले यस एकादशीलाई मोहिनी एकादशी भनिन्छ। यस एकादशीको व्रत राख्दा भगवान विष्णुको विशेष कृपा प्राप्त हुने र जीवनमा कुनै पनि कुराको कमी नहुने जनविश्वास रहेको छ।

बैशाख २९ गते मोहिनी एकादशी हो। यस दिन बिहिबार पर्छ। बिहिबार भगवान विष्णुको लागि उत्तम मानिन्छ। बिहीबार एकादशी पर्दा यसको महत्व झनै बढेको छ।

हिन्दू पञ्चाङ्ग अनुसार बैशाख २९ गते विशेष संयोग बनेका छन्। यस दिन एकादशीसँगै उत्तरा फाल्गुनी नक्षत्र पनि रहनेछ। यसका साथै यस दिन हर्षण योग पनि बन्दैछ। ज्योतिष शास्त्र अनुसार हर्षण योगमा गरिएको काममा सफलता मिल्छ।

बैशाख २९ गतेको ग्रहहरुका स्थितिका बारेमा कुरा गर्ने हो भने यस दिन चन्द्रमा कन्या राशिमा गोचर गर्नेछ। मोहिनी एकादशीको दिन दुई ग्रह आफ्नो राशिमा गोचर गर्नेछन्। शनि कुम्भ राशि र बृहस्पति आफ्नो राशि मीनमा विराजमान गर्नेछ। यी दुई ग्रहले राजयोग समान फल दिन्छ। यो संयोग तुला, मकर, कुम्भ र मीन राशिका मानिसहरुका लागि लाभकारी साबित हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १ वर्षसम्म निकै दयालु हुने भएका छन् राहु, यी ३ राशिको दुवै हातमा हुनेछ लड्डु !