काठमाडौँ : ज्योतिष शास्त्र अनुसार मङ्गल र शनिबीच शत्रुताको भाव हुन्छ। बैशाख १६ गते(२९ अप्रिल) शुक्रबारदेखि जेठ ३ गते(१७ मे) मङ्गलबारसम्म मङ्गल र शनि एउटै राशिमा रहेर संयोग बनाउनेछ। ज्योतिष अनुसार शनि बैशाख १६ गते बिहान कुम्भ राशिमा गोचर गरेको थियो। यस राशिमा पहिलेदेखि नै मङ्गल ग्रह विराजमान थियो। कुम्भ राशिमा मङ्गल र शनिको संयोगले ‘द्वन्द्व योग’ निर्माण हुन्छ। ज्योतिषमा यस योगलाई अत्यन्तै अशुभ मानिन्छ। यस योगको प्रभाव तीन राशिका जातकमा सर्वाधिक पर्नेछ, जसकारण यी राशिका जातकले धेरै कठिनाईको सामना गर्नुपर्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शनि र मङ्गलको योग कर्कट राशिको अष्टम भावमा बन्नेछ। अष्टम भावलाई आयु, खतरा र दुर्घटनाको भाव मानिन्छ। त्यसैले यस राशिका जातकलाई चोटपटक लाग्ने सम्भावना छ। कार्यस्थलमा कुनै पनि खाले जोखिम नमोल्नुहोस्। यो योगले एक प्रकारको अनिष्ट हुने सङ्केत दिन्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शनि र मङ्गलको योग कन्या राशिको छैठौँ भावमा छ। यो भाव ऋण, शत्रु, स्वास्थ्य र कठिन परिश्रमको भाव हो। त्यसैले यस अवधिमा तपाईले आफ्नो स्वास्थ्यको अत्यधिक ख्याल राख्नुपर्छ। खानपिनमा सावधानी अपनाउनुहोस्। धन खर्चको योग छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
शनि र मङ्गलको योगले कुम्भ राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। यस अवधिमा तपाईले धेरै सतर्कता अपनाउन जरुरी छ। कुम्भ राशिका व्यक्तिहरुका रिस नियन्त्रण बाहिर जान्छ। जीवनसाथी र सहकर्मीसँग विवाद हुने प्रबल सम्भावना छ।