बैशाख २१ गतेको राशिफल : बुधबार मेष-सिंहसहित ६ राशिलाई सौभाग्यशाली, यी राशि रहनुस् सतर्क

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख २१ गते बुधबार हो। बुधबार बैशाख महिनाको शुक्लपक्षको तृतीया तिथि हो।

बैशाख २१ गते ग्रह-नक्षत्रका स्थितिका कारण धेरै राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। बुधबारको दिन भगवान श्रीगणेशलाई समर्पित हुन्छ। यसैकारण बुधबारको दिन भगवान श्रीगणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २१ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बुधबार(Wednesday)।।। नक्षत्र – मृगशिरा , २८:३१ बजे उप्रान्त आर्द्रा ।।। तिथि – तृतीया , ५:४५ बजे उप्रान्त चतुर्थी ।।। करण – गर ५:४५ बजेदेखि वणिज , १८:४४ बजे उप्रान्त वालव ।।। योग – अतिगण्ड , १५:५६ बजे उप्रान्त सुकर्मा ।।। बैशाख २१, २०७९, बुधबार ।।। ४ मे, सन् २०२२ ।।। तृतीया, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २५ ।।। सूर्यास्त(sunrise) – १८:३८ ।।। कार्यक्रमहरू : – मच्छिन्द्रनाथ रथयात्रा प्रारम्भ ।।।  शुभ साइत : होम गर्ने साइत, बिवाह गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कम समयमा नै अधिक लाभ पाउने विचारले फस्न सक्नुहुन्छ ।अदालती मामिलामा नपरेको नै वेश होला । शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोला। धार्मिक कार्य तथा यात्रा हुन सक्ला। नयाँ कार्यको आरम्भ गर्न सक्नुहुन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

घर एवम्  सन्तान सम्बन्धि शुभ समाचर प्राप्त होला। पुरानो वा बाल्यकालको मित्रसँग भेटघाट हुनेछ। व्यवसायिक एवम् आर्थिक रुपले लाभ प्राप्त होला।  शारीरिक र मानसिक रुपले स्वास्थ्य बिग्रन सक्छ। धार्मिक कार्यमा खर्च हुन सक्छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको दिन अनुकुल र लाभदायी रहला। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीको  कृपादृष्टिबाट प्रगतिको मार्ग निर्विध्न हुनेछ। मध्यान्नपछि मित्रसँग भेट हुनेछ। कुनै सामाजिक भेटघाटमा उपस्थित हुनुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

उच्च अधिकारीसँग बोली र व्यवहारमा विशेष ध्यान दिनुहोला। शारीरिक रुपले मानसिक चिन्ता बनिरहनेछ। मध्यान्नपछि व्यवसायिक क्षेत्रमा  परिस्थिति अनुकुल रहला। आर्थिक दृष्टिले लाभ होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

रिस र बोलीमा ध्यान राख्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक निराशापन छाउनेछ। ईष्टदेवताको नामस्मरण एवम  आध्यात्मिकताको अनुसरणले समस्या समाधान हुनेछ। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मित्रसँग घुमफिर, खानपिन एवम् रमाईलोमा आनन्दपुर्वक समय बिताउनुहुन्छ। विशेषगरी रोगमा खर्च हुन सक्छ। आकस्मिक धन लाभले  तपाईको चिन्ता कम गर्नेछ। स्वास्थ्य समस्याले सताउन सक्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दृढ मनोबल र आत्मविश्वासपुर्वक प्रत्येक कार्य सफल बनाउनुहुनेछ। घरायसी जीवन सुख र  शान्तिमय रहला। मध्यान्नपछि तपाईको प्रवृत्तिमा परिवर्तन आउनेछ। मित्र तथा आफन्तसँग यात्रामा जानुहुनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ रहन सक्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

भावुकताको मात्रा अधिक रहनेछ। मानसिक रुपले सन्तुलन बनाई राख्नुहोला। विधार्थीले अभ्यास र भविष्य सम्बन्धित विषयमा सफलता  प्राप्त गर्नेछ। व्यवसायमा सफलता प्राप्त होला र सहकर्मीको सहयोग पनि प्राप्त होला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

पारिवारिक शान्तिको लागि कसैसँग  वाद-विवादमा नपर्नु होला। आमाको स्वास्थ्य खराब होला। धन र प्रतिष्ठामा हानि होला। मध्यान्नपछि तपाई भावुक रहनुहुन्छ। विधार्थीको लागि समय अनुकुल छ। आफन्तसँग घनिष्ठता वृद्दि हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई पहिलो स्थान दिनुपर्नेछ । मित्र र प्रियपात्रसँग भेट होला मध्यान्नपछि अरुचिकर घटनाले मन अस्वस्थ रहनेछ। आमाको  स्वास्थ्यको चिन्ता रहला। शारीरिक रुपले उर्जा रहनेछैन ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

रिस र बोलीमा ध्यान राख्न आवश्यक छ। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। रचनात्मक अथवा सिर्जनात्मक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। मध्यान्नपछि हातमा आएको कार्य पुरा गर्न सक्नुहुन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

तपाईको दिन शुभ फलदायी रहला। शारीरिक, मानसिक स्वास्थ्य दुरुस्त र उत्साहित रहनुहुनेछ। नयाँ कार्य प्रराम्भ गर्नको लागि समय अनुकुल रहला धार्मिक कार्यमा खर्च होला। मानसिक रुपले अधिक स्वस्थ रहनुहुन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९२२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘मे’ मा तुला-मकरसहित ३ राशिमाथि रहनेछ माता लक्ष्मीको विशेष कृपादृष्टि, हुनेछ प्रचुर धनलाभ