काठमाडौँ : आचार्य चाणक्यको नीतिले अझैँ पनि समाज र परिवारमा जिउने तरिका सिकाउँछ। आचार्य चाणक्यले समयकालीन अनुभवका आधारमा धन, स्वास्थ्य, व्यापार, वैवाहिक जीवन, समाज, जीवनमा सफलता प्राप्तिका लागि आफ्नो राय दिएका छन्, जसलाई चाणक्य नीति भनिन्छ। चाणक्य नीतिले सधैँ सङ्कटको घडीमा सही मार्गनिर्देशन गर्दछ।
आचार्य चाणक्यले मनुष्यले केही कुराहरु अरुलाई सुनाउन नहुने सल्लाह दिएका छन्। जस्तोसुकै परिस्थिति भए पनि केही कुराहरु कदापी अरुलाई सुनाउन हुँदैन्। ती कुराहरु के-के हुन् त ?
आचार्य चाणक्यका अनुसार व्यापारमा घाटा भईरहेको छ भने त्यो कुरा कसै अगाडी खोल्नुहुँदैन्। यदि तपाईका विरोधीहरुले तपाईले घाटा ब्होरिरहेको पत्तो पाए भने तिनले तपाईलाई कमजोर ठान्नेछन् र तपाईलाई बेकारको ठान्नेछन्। यसैले आफूले ब्होरेको हानिनोक्सानीबारे कहिल्यै कतै पनि उल्लेख गर्नुहुँदैन्।
यदि पत्नीमा अवगुण छ या पत्नीसँग सधैँ झगडा हुन्छ भने त्यो कुरा कहिल्यै बाहिर सुनाउन हुँदैन। यसो गरेमा समाजमा व्यक्तिको छवि खराब हुन्छ र दाम्पत्य जीवनमा दरार आउँछ। आफ्नी पत्नीको कुरा अरुसँग गर्दै हिड्ने मान्छे मजाकको पात्र बन्छन्।
यदि कुनै व्यक्तिले तपाईलाई धोका दिएको छ भने यो कुरा पनि कहिल्यै कतै पनि नभन्नुहोला। यस्तो गर्नुभएमा तपाईलाई कमजोर दिमागका या उदार सम्झेर तपाईलाई फेरि धोका दिन सक्छन्। त्यसैले अरुलाई यस्ता कुरा सुनाएर आफ्नो छवि नधुमिल्याउनुहोला। यसले समाजमा तपाईको स्थिति कमजोर बनाउँछ र मानिसहरुले तपाईलाई गम्भीरतापूर्वक लिने छैनन्।