काठमाडौँ : शनि ग्रहले बैशाख १६ गते(२९ अप्रिल) शुक्रबार आफ्नो राशि परिवर्तन गरेको छ। अहिले शनि कुम्भ राशिमा गोचर गरिरहेको छ। जहाँ यो २०८१ साल चैत १६ गते(२९ मार्च सन् २०२५)सम्म रहनेछ। तर बीचमा केही महिनाका लागि यो मकर राशिमा प्रवेश गर्नेछ। कुम्भ राशिमा शनिले गोचर गरेसँगै दुई राशिका जातकले शनि ढैय्याबाट मुक्ति पाएको छ। यसका साथै दुई राशिमा शनि ढैय्या सुरु भईसकेको छ। शनि साढेसातीजस्तै शनि ढैय्याले पनि मानिसहरुका जीवनलाई प्रभावित पार्छ।
यी दुई राशिले पाए शनि ढैय्याबाट मुक्ति : – मिथुन र तुला राशिका जातकले शनि ढैय्याबाट मुक्ति पाएका छन्। तर बीचमा केही समयका लागि यी दुई राशि फेरी पनि शनि ढैय्याको चपेटामा आउनेछन्। यस्तो अवस्था असार २८ गते(१२ जुलाई) देखि माघ ३ गते(१७ जनवरी सन् २०२३) सम्म बन्नेछ। यस अवधिमा शनि आफ्नो पछिल्लो राशि मकरमा फर्किनेछ। जसकारण यी दुवै राशि फेरि पनि शनिको चपेटामा आउनेछन्। तर त्यसपछि भने यिनले शनि ढैय्याबाट मुक्ति पाउनेछन्।
यी राशिमा सुरु भयो शनि ढैय्या : – कर्कट र वृश्चिक राशिमा शनि ढैय्या सुरु भएको छ। यी दुई राशिका लागि आउँदो अढाई वर्ष कठिन हुन् सक्छ। तर कसैको लागि यो अवधि शुभ पनि साबित हुन् सक्छ। यस राशिका जुन जातकको कुण्डलीमा शनिको स्थिति मजबूत छ भने तिनका लागि यो अवधि शुभ साबित हुनेछ। तर जसको कुण्डलीमा शनि अशुभ स्थितिमा छ भने तिनले कष्टको सामना गर्नुपर्नेछ। समग्रमा यो समयमा विशेष सतर्कता अपनाउनुपर्नेछ। यद्यपि असार २८ गतेदेखि माघ ३ गतेसम्मको समयले तपाईलाई राहत दिनेछ। यस अवधिमा शनि फेरि आफ्नै पछिल्लो राशि मकरमा प्रवेश गर्नेछ। जसकारण कर्कट र वृश्चिक राशिका जातकले केही समयको लागि शनि ढैय्याबाट मुक्ति पाउनेछन्।