भोलि परेको अक्षय तृतीयाका दिन यी ४ राशिमा माता लक्ष्मीको विशेष कृपा, हुनेछ शुभै-शुभ !

हिन्दू धर्ममा अक्षय तृतीया पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । हिन्दू धर्ममा यो पर्वलाई अति पवित्र मानिन्छ । धार्मिक मान्यता अनुसार अक्षय तृतीयाको दिन दान, त्याग, तपस्या आदि गर्नाले विशेष फलदायी हुने मान्यता राहेको छ । यस दिन सुन किन्ने चलन छ । अक्षय तृतीयाको दिन सुन किन्दा फाइदा हुने बताइएको छ ।

यस दिन कुनै पनि समान किन्नुको पछाडिको विश्वास यो छ कि यस दिन किनेका चीजहरू लामो समयसम्म टिक्छन्। यस वर्ष अक्षय तृतीया वैशाख २० गते मंगलबार मनाइँदै छ । जान्नुहोस् कुन राशिका लागि यो पवित्र दिन शुभ साबित हुनेछ ।

वृष राशि

वृष राशि हुनेहरुको लागि अक्षय तृतीया निकै शुभ रहनेछ । आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। पैसाको अभाव हट्नेछ । माता लक्ष्मीको कृपाले हरेक काममा सफलता मिल्नेछ । यात्राबाट राम्रो लाभ मिल्ने प्रचुर सम्भावना छ। कार्यस्थलमा ठूलो उपलब्धि हात पार्न सकिनेछ।

कर्कट राशि 

यो राशिका लागि अक्षय तृतीया निकै शुभ रहनेछ । हरेक काममा सुनौलो सफलता मिल्ने प्रबल सम्भावना छ । लामो समयदेखि रोकिएका काम यस समय पूरा हुनेछन्। कार्यालयका हरेक काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुने सम्भावना छ । भाग्य बलियो हुनेछ।

धनु राशि

 धनु राशिका लागि अक्षय तृतीया शुभ रहनेछ । माता लक्ष्मीको विशेष कृपा हुनेछ। हरेक काममा भाग्यको साथ मिल्नेछ। पुरानो ऋणबाट छुटकारा पाउन सकिनेछ । लगानीका लागि पनि समय उपयुक्त छ । घर वा सवारी साधन किन्न सकिनेछ ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि परेको छ पारशुराम जयन्ती, विधि-विधान सहित गर्नुहोस् पूजा: पूरा हुनेछ हरेक मनोकामना !