हिन्दू धर्ममा हरेक चाडपर्वको आ-आफ्नै महत्त्व रहेको छ । जस मध्य दशैँ, तिहार, धनतेरस केही यस्ता पर्वहरू हुन्, जसलाई वर्ष फेरीएपछि मानिसहरु पर्खिरहेको हुन्छ । धनतेरसको दिनबाट दीपावली सुरु हुन्छ। धनतेरस पर्व कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन मनाइन्छ । यस दिनदेखि पाँच दिनसम्म चल्ने दीपावली पर्व सुरु हुन्छ । धनतेरसको दिन धन्वन्तरी र धनका देवता कुबेरको पूजा गर्ने प्रचलन रहेको छ ।
धनतेरस पर्व धन र समृद्धिसँग सम्बन्धित छ । शास्त्र अनुसार यस दिन भगवान धन्वंतरी देवको जन्म भएको थियो । यसै कारण यसलाई धन्वन्तरी जयन्ती वा धन त्रयोदशी पनि भनिन्छ । धनतेरसको दिन बजारबाट भाँडाकुँडा, सुन, चाँदी आदि खरिद गर्ने प्रचलन रहेको छ ।सन् २०२२ मा धनतेरस कहिले हो र यसको शुभ समय जान्नुहोस्।
धनतेरस सन् २०२२ तिथी र शुभ समय
हिन्दू पात्रोका अनुसार धनतेरस पर्व सन् २०२२ अक्टोबर२३ तारिक आइतबार परेको छ । दीपावलीको एक दिन अगाडि धनतेरस पर्व मनाइन्छ। यस दिन घरघरमा पूजा आराधना गरी लक्ष्मीको आगमनको लागि प्रार्थना गरिन्छ । शास्त्रमा यस दिन किनमेलको विशेष महत्व रहेको छ ।
धनतेरस शुभ समय
धनतेरस मुहूर्त – हिन्दू पात्रोका अनुसार धनतेरसको शुभ समय २३ अक्टोबरको साँझ ५:४४ बजेबाट सुरु भएर ६:०५:५० सम्म रहनेछ। कुल अवधि: २१ मिनेटको हुनेछ । प्रदोष काल – साँझ ०५:४४ मिनेटदेखि ८:१६ मिनेटसम्म। वृषभ काल- ०६:५८ मिनेट देखि ८:५४ मिनेट।
धनतेरसको महत्त्व
धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । धनतेरसको दिन धन्वंतरी देव र माता लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको छ । माता लक्ष्मीको कृपाले सुख,समृद्धि, वैभव प्राप्त हुन्छ । माता लक्ष्मीको आशीर्वादले भक्तजनको जीवनमा आउने दुःख, बाधा र संकटको अन्त्य हुन्छ । धनतेरसको दिन शुभ समयमा लक्ष्मी र धन्वंतरी देवको पूजा गर्नाले विशेष कृपा प्राप्त हुने मान्यता रहेको छ।