काठमाडौँ : ग्रेगोरियन क्यालेन्डर अनुसार आइतबारदेखि मे महिना सुरु भएको छ। मे महिनामा ग्रहहरुका दुर्लभ योग बनेका छन्। १० मे मा बुध वक्री हुनेछ। त्यसपछि १५ मे सूर्य वृष राशिमा गोचर गर्नेछ, १७ मे मा मङ्गल मीन राशिमा र २३ मे मा शुक्र मेष राशिमा गोचर गर्नेछ। शनि कुम्भ राशिमा, बृहस्पति मीन राशिमा, राहु मेष राशिमा र केतु तुला राशिमा छ। यस्तो अवस्थामा १२ राशिहरुका लागि मे महिना कस्तो रहला ?
५ राशिका लागि शुभ छ मे महिना : –
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – करियर, नोकरी र व्यापारको दृष्टिकोणले हेर्दा यो महिना शुभ वृष राशिका लागि शुभ छ। मेहनतको फल मिल्नेछ। आयका साधनमा बढोत्तरी हुनेछ। पारिवारिक जीवनमा खुशीको माहोल रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – कामको बढुवा हुने प्रबल सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – करियरमा कडा मेहनतको फल मिल्नेछ। यात्राको योग बनेको छ। जागिरमा शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तारको योजना बन्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – काममा प्रगति हुनेछ, तलब वृद्धिको सम्भावना छ। व्यापारमा मुनाफा प्राप्ति हुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – यो महिना तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। आर्थिक सङ्कटबाट मुक्ति पाउनुहुनेछ। व्यापारमा कडा परिश्रमको उचित परिणाम प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सहयोग बढ्नेछ। ऋणबाट मुक्त हुनुहुनेछ।
७ राशिलाई कष्टदायी बन्न सक्छ मे महिना : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिका जातकको लागि मे महिना मिश्रित फलदायी साबित हुनेछ। कार्यस्थलमा व्यस्तता बढ्नेछ। परिवारमा मनमुटाव हुन सक्छ। व्यवसायी हुनुहुन्छ भने लगानीमा नाफा मिल्नेछ। श्रमजीवी वर्गहरुले आयका अतिरिक्त स्रोतहरु बनाउनेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – तपाई सतर्क रहन आवश्यक देखिन्छ। वादविवादबाट टाढै रहनुहोस्। सानातिना कुरामा अल्झनुको सट्टा आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्। बुद्धिमानीपूर्वक पैसा लगानी गर्नुहोस्। यात्राको योग बनिरहेको छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – व्यापारमा घाटाको सम्भावना छ। बुद्धिमानी निर्णय लिनुहोस्। काममा कसैसँग वादविवाद नगर्नुहोस्। परिवारमा असमझदारी हुन् सक्छ। सबैसँग राम्रो सम्बन्ध राख्नुहोस् र आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – अनेकखाले चुनौतीहरुको सामना गर्नुपर्नेछ। कामको बोझ अझ थपिनेछ। परिवारमा कसैसँग पनि विवाद नगर्नुहोस्। व्यापारमा बिल्कुलै जोखिम नमोल्नुहोला। दाम्पत्य जीवनमा तालमेल र सामञ्जस्यता स्थापित गर्नुहोस्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – बुद्धिमानीपूर्वक काम नगर्दा बन्दै गरेको काम बिग्रन सक्छन्। वाणीमा संयमता अपनाउनुहोस् र कुशल व्यवहार देखाउनुहोस्। आफ्नो घर-परिवारको सुख-शान्तिमा पूर्ण ध्यान दिनुहोस्। व्यवसायीहरूले आफ्ना प्रतिद्वन्द्वीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ। काम गर्ने व्यक्तिहरुले चुनौतीको सामना गर्नुपर्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – यो महिना तपाईको लागि मिश्रित फलदायी होला। खर्च बढ्न सक्छ। कार्यस्थलमा व्यस्तता बढ्नेछ। व्यापारमा नाफा मिल्न सक्छ तर बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। करियरमा प्रगति हुनेछ। परिवारमा ध्यान दिनु पर्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – यो महिना घटना-दुर्घटना हुने सम्भावना धेरै भएको कारण थप सावधानी अपनाउन आवश्यक छ। यद्यपि धन लाभको पनि योग छ। घरजग्गा खरिदबिक्रीबाट लाभ मिल्नेछ। काममा सकारात्मक नतिजा आउन सक्छ। समग्रमा मिश्रित फलदायी महिना हुनेछ।