ज्योतिष शास्त्र अनुसार ग्रहहरुको राशि परिवर्तन निकै महत्त्वपूर्ण हुने गर्दछ । जब कुनै ग्रहले राशि परिवर्तन गर्दछ तब सबै राशिलाई शुभ तथा अशुभ प्रभव पर्दछ ।मे महिना भरमा सूर्य, मंगल र शुक्र ग्रहको राशि परिवर्तन हुनेछ । मे १५ तारिखमा सूर्य वृष राशिमा प्रवेश गर्ने छन् त्यस्तै मे १७ तारिकमा मंगल ग्रह मीन राशिमा प्रवेश गर्ने छन् ।
यसपछि शुक्र मेष राशिमा प्रवेश गर्नेछ। सूर्य, मंगल र शुक्रको राशि परिवर्तनले सबै राशिमा शुभ र अशुभ प्रभाव पार्नेछ। सूर्य, मंगल र शुक्र परिवर्तनका कारण सबै राशिको अवस्था कस्तो हुनेछ जान्नुहोस् ?
मेष राशि
ग्रहहरुको राशि परिवर्तनको कारण मन प्रसन्न रहनेछ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ साथै परिवारबाट पनि सहयोग मिल्नेछ । कार्य स्थलमा कामको भार बढी हुनेछ । मान-सम्मान मिल्नेछ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला, व्यापारमा साथीभाइको सहयोग मिल्नेछ । घरमा खुसी बढ्न सक्छ। लामो यात्राको योग बनिरहेको छ ।
वृष राशि
मनमा शान्ति मिल्नेछ । व्यापार व्यवसायमा भएको समस्यामा सुधार आउनेछ । कार्यस्थलमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। सन्तानको पक्षबाट केही शुभ समाचार सुन्न पाइनेछ । आमाको पक्षबाट धन प्राप्तिको सम्भावना छ । व्यापारका लागि यात्रामा जान सकिनेछ । काममा उन्नतिको अवसर मिल्न सक्छ ।
मिथुन राशि
मानसिक तनाव बढ्न सक्छ, मनलाई शान्त गर्ने प्रयास गर्नुहोस्। धर्मप्रति श्रद्धा बढ्नेछ, काममा थप जिम्मेवारी आउन सक्छ। कार्य क्षेत्रमा साथीभाइको सहयोग मिल्नेछ, खर्च बढ्न सक्छ। उच्च अधिकारीहरूसँग सुमधुर सम्बन्ध रहनेछ। मनमा असन्तुष्टिको क्षण रहनेछ। स्वभावमा जिद्दी रहनेछ । विवादबाट टाढा रहनुहोस्।
कर्कट राशि
आत्मविश्वास बढ्नेछ । आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला । जीवनसाथीको सहयोग मिल्नेछ । भौतिक साधन मर्मत सम्भारमा खर्च बढ्न सक्छ। शैक्षिक तथा बौद्धिक कार्यको सुखद परिणाम मिल्नेछ । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ । काममा उच्च अधिकारीको सहयोग मिल्नेछ ।
सिंह राशि
शैक्षिक कार्यमा रुचि बढ्नेछ । सुख वा धन वृद्धि हुनसक्छ। अभिभावकको सहयोग मिल्नेछ । साथीभाइसँग यात्रामा जान सकिनेछ । खानपानमा रुचि बढ्नेछ । प्रगतिको बाटो खुल्नेछ । कार्यक्षेत्रमा इच्छा विपरीत परिवर्तन हुनसक्छ । पुराना साथीभाइसँग पुनः सम्पर्क हुन सक्छ।
कन्या राशि
मन प्रसन्न रहनेछ। मनमा सकारात्मकताको प्रभाव बढ्न सक्छ। काममा प्रगतिको अवसर मिल्न सक्छ । सवारी साधनको आनन्द बढ्न सक्छ। व्यापार विस्तार हुनेछ । यात्रामा जानुपर्ने हुन सक्छ। यात्रा लाभदायक हुनेछ, तर मेहनत धेरै हुनेछ। खर्च बढी हुनेछ ।
तुला राशि
मन अशान्त रहनेछ । व्यापार परिवर्तनको सम्भावना छ । कामको कारण अन्य कुनै पनि ठाउँमा जान सकिनेछ। काम बढ्न सक्छ । आम्दानी बढ्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला। बोलीमा कोमलता रहनेछ तर क्रोध र आवेगबाट बच्नुहोला । मनमा क्रोध र असन्तुष्टिको भावना रहनेछ।
वृश्चिक राशि
मनमा शान्ति मिल्नेछ। कार्यक्षेत्र विस्तार हुनसक्छ साथै व्यस्तता बढ्नेछ । शैक्षिक कार्यमा पूर्ण ध्यान दिनुहोला । साथीभाइबाट धन प्राप्ति हुनसक्छ । जीवनमा अवस्था पीडादायी घटना हुन सक्छ। लामो यात्रामा जानुपर्ने हुन सक्छ। अनियोजित खर्च बढ्नेछ। अभिभावकको सहयोग मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ।
धनु राशि
धैर्यताको कमी हुनेछ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ जसको कारण परिवारबाट टाढै बस्नु पर्न सक्छ । साथीभाइको सहयोग मिल्नेछ । बाबुको तर्फबाट धन प्राप्ति हुनसक्छ । क्रोधको क्षण र सन्तुष्टिको भावना रहनेछ, धर्मप्रति श्रद्धा रहनेछ। साथीभाइसँग धार्मिक स्थलको यात्रामा जान सकिनेछ ।
मकर राशि
समय आत्मविश्वासले भरिपूर्ण रहनेछ तर आलस्यको अत्याधिकता हुनसक्छ । परिवारमा केही विषयमा कलह हुन सक्छ शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोला । घरेलु समस्या रहिरहनेछ । जीवन अस्तव्यस्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। मन विचलित हुन सक्छ। उन्नतिको अवसर मिल्नेछ ।
कुम्भ राशि
बोलीमा मिठास रहनेछ । परिवारमा सुख शान्ति छाउनेछ। व्यवसायमा लगानीका लागि अभिभावकबाट आर्थिक सहयोग प्राप्त गर्न सकिनेछ । कार्य क्षेत्रमा दाजुभाइको सहयोग पनि मिल्न सक्छ । मनमा नकारात्मक विचारको प्रभाव रहनेछ । यस समय क्रोध मात्रा बढ्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ ।
मीन राशि
मनमा शान्ति र आनन्द रहनेछ। जागिरको लागि दिएको अन्तर्वार्ताले राम्रो नतिजा आउन सक्छ। राजनीतिक क्षेत्रबाट सहयोग मिल्नेछ । शिक्षामा सुधार आउनेछ । परिवारका साथ धार्मिक स्थल घुम्ने योजना बन्न सक्छ । रोकिएको पैसा फिर्ता हुन सक्छ भने यस समयमा आत्मविश्वासमा केही कमी आउन सक्छ ।