६८ दिनसम्म वृष राशिमा विराजमान रहनेछ बुधदेव, यी ३ राशिलाई अपार धन-दौलत लाभ

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा त्यसको प्रत्यक्ष असर मानव जीवन र पृथ्वीमा पर्छ। कसैका लागि गोचर शुभ हुन्छ भने कसैका लागि अशुभ साबित हुन्छ। व्यापार र बुद्धिका दाता बुध ग्रहले वृष राशिमा प्रवेश गरेको छ र यहाँ लगभग ६८ दिनसम्म विराजमान गर्नेछ।

वैदिक ज्योतिषमा बुध ग्रहलाई व्यापार, शेयर र अर्थतन्त्रको कारक मानिन्छ। जसकारण बुध ग्रहको चालमा हलचल हुँदा यी क्षेत्रहरु विशेष रुपमा प्रभावित हुन्छन्। साथै १२ राशिहरुमा पनि यस ग्रहको राशि परिवर्तनको प्रभाव पर्छ। तर १२ राशिमध्ये ३ राशिमा यस राशि परिवर्तनको सकारात्मक प्रभाव पर्नेछ। आउनुहोस्, ती राशिको बारेमा जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि बुधदेवको गोचर लाभदायी सिद्ध हुनेछ किनकी बुध ग्रहले तपाईको दोस्रो स्थानमा गोचर गरेको छ। जसलाई धन र वाणीको भाव भनिन्छ। यसकारण यस अवधिमा तपाईले आकस्मिक धन प्राप्त गर्नुहुनेछ। साथै कारोबारमा मुनाफाको योग छ। व्यापार-व्यवसायमा ठूलो सम्झौताको लागि समय अनुकूल छ। वकिल, मार्केटिङमा कार्यरत व्यक्ति, शिक्षक लगायतका लागि समय सर्वाधिक लाभदायी सिद्ध हुनेछ। साथै बुधदेव तपाईको तेस्रो र छैठौँ भावको स्वामी हो। तसर्थ यस समयमा तपाईको पराक्रम र साहसमा वृद्धि हुनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। साथै दाजुभाई तथा दिदीबहिनीको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। अध्ययन-अनुसन्धानमा संलग्न व्यक्तिहरुले यस अवधिमा सोचेझैँ सफलता पाउनेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको कुण्डलीमा बुधको गोचर ११ औँ भावमा भएको छ। जसलाई आय र लाभको स्थान भनिन्छ। यसकारण यस समयमा तपाईको आयमा राम्रो वृद्धि हुनेछ। साथै व्यापार र करियरमा राम्रो सफलता हात लाग्न सक्छ। कुनै नयाँ व्यवसायमा लगानी गर्न सक्नुहुन्छ, जसबाट भविष्यमा राम्रो धनलाभ हुनेछ। साथै बुध देव तपाईको चतुर्थ स्थानको स्वामी पनि हो। जसलाई सुख, माता र वाहनको स्थान भनिन्छ। यसकारण यस अवधिमा तपाईको मन घर-जग्गा तथा वाहन खरिदमा जानेछ। घर-जग्गा तथा वाहन खरिद-बिक्रीको लागि यो समय अनुकूल छ। यस समयमा तपाईले आमाको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। आमाले तपाईलाई आर्थिक सहयोग पनि गर्नुहुनेछ। साथै बुध ग्रह तपाईको पराक्रम भावको स्वामी हो। तसर्थ यस अवधिमा तपाईको पराक्रम र साहसमा वृद्धि हुने सङ्केत रहेको छ र गुप्त शत्रुहरुमाथि तपाईले विजय हासिल गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुध ग्रहको गोचर सिंह राशिको लागि लाभदायक साबित हुन् सक्छ। बुध ग्रहले तपाईको दशम स्थानमा भ्रमण गरेको छ। जसलाई कार्यक्षेत्र र नोकरीको भाव भनिन्छ। तसर्थ, यस समयमा तपाईले नयाँ कामको प्रस्ताव पाउन सक्नुहुन्छ। साथै यदि तपाई कतै काम गर्दै हुनुहुन्छ भने तपाईको बढुवासँगै तलब वृद्धि हुन् सक्छ। व्यापार विस्तार हुनसक्छ। यसका साथै व्यापारमा नयाँ सम्बन्ध पनि बन्न सक्छ। जसले तपाईलाई भविष्यमा फाइदा पुर्‍याउन सक्छ। तपाईको कार्यशैलीमा सुधार देखिँदा कार्यस्थलमा तपाईको वाहवाही हुनेछ। साथै कार्यक्षेत्रमा वरिष्ठ अधिकारीको सहयोग प्राप्त हुन् सक्छ। बुध देव तपाईको धन र वाणी स्थानको स्वामी हो, यसर्थ यस समयमा तपाईलाई आकस्मिक धनलाभको योग छ। कतै रोकिएको या फँसेको धन फिर्ता हुनेछ। शेयरबजारमा लगानीको लागि समय अनुकूल छ।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२२ को अन्तिम सोमवती अमावस्या केही दिनमा लाग्दै, जान्नुहोस् तिथी र पूजा विधि !