वि.सं. २०७९ सालको वार्षिक राशिफल
♦ ज्योतिषाचार्य हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
वर्षको प्रारम्भमा पारिवारिक मेलमिलाप, आफन्त एवं इष्टमित्रसँगको रमाइलो भेटघाटले मन रमाउने छ। घर परिवारमा धार्मिक एवं माङ्गलिक कामको सम्भावना छ। धार्मिक उद्देश्यले गरिने तीर्थयात्रा एवं भ्रमणका अवसर मिल्ने छन् । आर्थिक क्षेत्रका काममा मध्यम सफलता मिल्ने योग छ। बाह्रौँ बृहस्पतिका कारण पठनपाठनमा ढिलासुस्ती एवं स्वास्थ्यमा सामान्य समस्या गराउला। अनावश्यक काममा दौडधूप गर्नुपर्नाले शारीरिक परिश्रम केही बढी नै पर्न जानेछ। परिवारमा आपसी समझदारी एवं विश्वासको अभावसमेत उत्पन्न गराउला। वर्षको पूर्वार्धमा जग्गाजमिन, वाहन एवं घर सम्बन्धी कारोबारमा सफलता मिल्ने योग छ। व्यापार व्यवसायबाट मध्यम सफलता मिलेपनि कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रबाट भने राम्रै सफलता मिल्ने ग्रहयोग छ। तपाईंका लागि असार , असोज, माघ र फागुन महिना विशेष फलदायी रहने छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
घरपरिवारमा धार्मिक एवं माङ्गलिक कार्यको योग छ। विद्यार्थीका लागि पठनपाठनमा अभिरुचि बढ्नुका साथै महत्वपूर्ण सफलता मिल्ने छ। वर्षको पूर्वार्धमा मनले आँटे ताकेका काम बन्दै जानेछन्। आम्दानीका नयाँ बाटा पनि फेला पर्नुका साथै मनोरञ्जनका अवसर समेत प्राप्त हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ। आत्मबल बलियो भएर जानाले कार्यक्षमतामा समेत प्रगति भएर जाने छ। कर्मचारी वर्गका लागि मानसम्मान मिल्नुका साथै पदोन्नतिको सम्भावना छ। कृषि तथा पशुपालनसम्बन्धी काममा राम्रै सफलताको सम्भावना छ। आइतबारको दिनमा सूर्य भगवान्लाई जलार्पण गर्नाले अशुभ फलहरू हटेर जानुका साथै आरोग्यता समेत मिल्ने छ। यस वर्ष तपाईंका लागि साउन, कात्तिक फागुन र चैत महिना विशेष फलदायी रहनेछन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यस वर्ष तपाईका ग्रहस्थिति मध्यम फलदायी छन्। नयाँ कामको थालनी हुनुका साथै अधुरा योजना क्रमशः बन्दै जानेछन्। प्रतिस्पर्धामा राम्रै सफलता हात पर्नेछ। पारिवारिक मेलमिलापका साथै माङ्गलिक कार्यको सम्भावना छ। अध्ययन अध्यापन क्षेत्र सफल रहने छ। नोकरीमा मान-सम्मान मिल्नुका साथै पदोन्नतिको योग छ। दम्पतीमा आपसी समझदारी तथा मेलमिलापको वातावरण बन्नेछ। परिवारमा माङ्गलिक शुभकार्यको सम्भावना छ। वर्षको उत्तरार्धमा स्वास्थ्यमा सामान्य खर्च गर्नुपर्ने सम्भावना छ। सामाजिक काममा मानसम्मान मिल्ने देखिन्छ भने धार्मिक यात्राको योग छ। वैदेशिक क्षेत्र मध्यम फलदायी छ। आर्थिक हिसाबले वैशाख, असार, भदौ, माघ र चैत महिना राम्रो देखिन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
गुरुको अनुकूलताले गर्दा रोकिएका काम बन्दै जाने छन्। पठनपाठनमा गहिरो लगाव एवं सफलता प्राप्त हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्ने छ। युवकयुवतीमा प्रेम एवं मनोरञ्जनका अवसर मिल्नेछन्।आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। नवीन कामको थालनी हुने तथा नोकरीमा पद एवं प्रतिष्ठा मिल्नेछ। शारीरिक आरोग्यताका साथै मनोरञ्जनका अवसर समेत मिल्दै जानेछन् । वैदेशिक यात्रा फलदायी हुनुका साथै धनार्जन गर्ने अवसर समेत प्राप्त हुनेछन्। वर्षको पूर्वार्धमा आएका बिध्नबाधा उत्तरार्धमा क्रमशः हटेर जाने छन्। जग्गाजमिन थपिनुका साथै गृहनिर्माणको सम्भावना छ। कामका हिसाबले वैशाख, जेठ, असोज र पुस महिना सफल रहने छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कार्यव्यस्तता बढेर जानुका साथै नवीन कामको थालनी हुने सम्भावना देखिएको छ। आठौँ बृहस्पतिको कारण स्वास्थ्यमा सामान्य समस्या गराउने छ। विद्यार्थीवर्गका लागि पठनपाठनमा केही बाधा अड्चनको स्थिति देखापर्ने छ। गृहस्थीहरूका लागि घरायसी पारिवारिक खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थितिसमेत देखा पर्नसक्छ। घर , जग्गाजमिनसम्बन्धी बेचबिखन या स्थान परिवर्तनको सम्भावना रहेको छ। आफन्त एवं इष्टमित्रसँग आपसी असमझदारी बढ्नाले मानसिक खिन्नता बढ्ने छ। सामाजिक क्षेत्रका काममा भने राम्रो देखिन्छ। व्यापारको क्षेत्रमा सामान्य समस्या आउनाले नयाँ व्यवसायको थालनी नगर्न राम्रो देखिन्छ। आर्थिक हिसाबले जेठ, असार , कात्तिक, माघ महिना राम्रो रहेका छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
रोकिएका काम क्रमशः बन्दै जानेछन्। आफन्त एवं इष्टमित्रको सम्बन्धमा खटपट पर्न जाने देखिन्छ। बृहस्पतिको अनुकूलताले गर्दा आर्थिक मामिलाका काममा सफलता मिल्ने , शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता मिल्ने, अध्ययन-अध्यापनमा गहिरो अभिरुचि लाग्नुका साथै धार्मिक एवं सामाजिक काममा सहभागिता जनाउनुपर्नेछ। वर्षको पूर्वार्धमा आएका विघ्नबाघाहरू क्रमशः उत्तरार्धमा हटेर जानेछन्। असोज उप्रान्त क्रमशः आर्थिक कारोबारमा सुधार हुँदै जानेछ र रोकिएका काम पनि बन्दै जाने छन्। नयाँ कामको शुभारम्भ गर्नुपर्दा कात्तिक उप्रान्तको समय राम्रो छ। आर्थिक दृष्टिकोणबाट असार , साउन, माघ, फागुन महिना फलदायी रहेका छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम फलदायी वर्ष रहेको छ। स्वास्थ्य अनुकूल रहला। घर, जग्गाजमिनसम्बन्धी समस्या गराउने छ। घरपरिवारमा माङ्गलिक कार्यको सम्भावना छ। सन्तान एवं पारिवारिक विषयलाई लिएर मन निरन्तर चिन्तित रहने छ। प्रतिस्पर्धामा सफलता मिल्नुका साथै विवादमा विजयश्री मिल्ने छ। स्थान परिवर्तन एवं महत्वपूर्ण यात्राको सम्भावना छ । घरायसी खर्चको मात्रा बढेर जाला। सामाजिक काममा सफलता एवं प्रशंसा मिल्ने देखिन्छ। नोकरीमा जस तथा पदोन्नतिको समेत सम्भावना छ। सफलताको हिसाबले साउन, भदौ , पुस र चैत महिना विशेष फलदायी रहेका छन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आँटेका काममा सामान्य बाधाअड्चन आइपर्नुका साथैढिलासुस्ती समेत गराउने देखिन्छ। ठूलो आर्थिक लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। वर्षको उत्तरार्धमा भाग्यले साथ दिनाले रोकिएका काम क्रमशः बन्दै जानुका साथै आम्दानीका स्रोतसमेत मिल्नेछन्। महत्वपूर्ण भ्रमण एवं विदेश यात्राको सम्भावना बलियो रहेको छ। विद्यार्थी वर्गका लागि पढाइमा दिलचस्पी कमै देखिएको छ। गुरुको अनुकूलताले गर्दा पठनपाठनमा अभिरुचि लाग्ने छ। घर-परिवारमा माङ्गलिक कार्यको योग छ। आर्थिक दृष्टिकोणबाट वैशाख, भदौ , असोज र माघ महिना राम्रा रहेका छन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
गर्न आँटेको काममा सामान्य बाधाअड्चन एवं ढिलासुस्ती गराउला। बृहस्पतिको प्रतिकूलताले गर्दा घरायसी चिन्ता बढाउने देखिन्छ। पठनपाठनमा सामान्य बाधाअड्चनको सामना गर्नुपर्ला। घरायसी खर्चको मात्रा केही बढी नै गर्नुपर्ने देखिएको छ। घरपरिवारमा माङ्गलिक कार्यको सम्भावना छ। आर्थिक कारोबारमा हानिनोक्सानीको सम्भावना देखिएकाले विचार पु¥याउनु जरुरी छ । तपाईंले गरेको सानो-तिनो गल्तीलाई लिएर विपक्षीले विवादको विषय बनाउन सक्नेछन् । जग्गाजमिनसम्बन्धी विषयलाई लिएर सामान्य झमेला एवं विवाद समेत निस्कन सक्ने छ। आर्थिक हिसाबले जेठ, असोज, कात्तिक र फागुन महिना विशेष लाभदायक रहनेछन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
तपाईका लागि साढेसाती शनिदशा वर्षभरि नै रहनेछ, जसले गर्दा स्वास्थ्यमा सामान्य समस्या देखापर्ने छन्। कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ। असोज महिनापछि बृहस्पति अनुकूल रहनाले भाग्योदयको साथै सन्तान एवं परिवारको सुख प्राप्त होला । रमाइलो ठाउँको भ्रमण, साथीहरूसँगको भेटघाट, भोजभतेर जस्ता मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन्। दाम्पत्य सम्बन्धमा मिठासको अनुभूति हुनुका साथै युवकयुवतीका लागि नयाँ जीवनसाथी समेत मिल्ने योग रहेको छ। अध्ययन-अध्यापनमा मन लाग्नुका साथै राम्रै सफलता मिल्ने छ। वर्षको उत्तरार्धमा घरपरिवारमा सुख शान्तिका साथै रमाइलो वातावरणको माहोल बन्नेछ। साथीभाइ तथा इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्ने छन्। कूटनैतिक क्षेत्र तथा दौत्य सम्बन्धमा राम्रो उपलब्धि मिल्नेछ। आर्थिक दृष्टिले असार, कात्तिक, मङ्सिर र चैत महिना फलदायी रहनेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
वर्षभरि नै साढे सात शनिदशा रहनाले गर्न आँटेका काममा ढिलासुस्ती गराउने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या देखापर्ने छन्। गुरुको अनुकूलताले अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्नेदेखिन्छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नाले आर्थिक पक्ष बलियोभएर जाला। सन्तानको सुख मिल्नुका साथै रमाइलो पारिवारिक वातावरणको योग छ। धार्मिक तथा सामाजिक कामबाट मानसम्मान मिल्नेछ। व्यापार व्यवसायमा सन्तोषजनक स्थिति रहने छैन। आर्थिकपक्ष मध्यम रहला। वैशाख, साउन, मङ्सिर र पुस महिना विशेष फलदायी रहनेछन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। पढाइमा अभिरुचि बढेर जाने छ। स्वास्थ्यमा सुधारको योग रहेको छ। रोकिएका काम क्रमशः बन्दै जानेछन्। आम्दानीका नयाँ बाटा फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाने छ। कृषि तथा पशुपालन क्षेत्र सफल रहने छ। दाम्पत्य सम्बन्धमा सामान्य उतार चढावकोस्थिति देखापर्ला। वर्षको उत्तरार्धमा नोकरीमा सफलता, नवीन कामको थालनी, आर्थिक समुन्नतिका साथै पठनपाठनमा राम्रो सफलता मिल्ने छ। आर्थिक दृष्टिकोणबाट जेठ, भदौ , पुस र माघ महिना विशेष फलदायी रहनेछन्।