काठमाडौँ : वि.सं. २०७९ सालको पहिलो सूर्यग्रहण बैशाख १७ गते शनिबार औँसीको दिन लाग्दैछ। सूर्यग्रहण शनिबार राति १२:३० बजेबाट प्रारम्भ भई ४:२२ मा समाप्त हुनेछ। यो सूर्यग्रहण मेष राशिमा लाग्दैछ। जसका कारण यसले अन्य राशिहरूलाई पनि असर गर्छ। वास्तवमा सूर्यमा ग्रहण लाग्दैछ। सूर्यलाई ग्रहको राजा मानिन्छ, जसले गर्दा यसमा ग्रहण लाग्दा यसको शुभ-अशुभ दुवैखाले प्रभाव पर्छ।
यो विशेष गरी चार राशिका लागि धेरै लाभदायक साबित हुनेछ। यसअघि सूर्य बैशाख १ गते मेष राशिमा गोचर गरेको हो। यो ग्रहण प्रशान्त महासागर, एट्लान्टिक, अन्टार्कटिका र दक्षिण अमेरिकाको दक्षिण-पश्चिम भागमा देखिनेछ। यो ग्रहणको सुतक अवधि मान्य हुने छैन, किनभने यो ग्रहण नेपालमा देखिँदैन।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – यो ग्रहण वृष राशिका लागि निकै लाभदायी रहनेछ। यस ग्रहणको प्रभावका कारण यो राशिका मानिसहरुको समय निकै राम्रो रहनेछ। बाधा-अवरोध बिना काम पूरा हुनेछ। हरेक काममा सफलता मिल्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – कर्कट राशिका लागि ग्रहणले शुभ फल दिनेछ। जागिरमा नयाँ एवं आकर्षक अवसर पाउनुहुनेछ। वरिष्ठ अधिकारीहरुसँग तालमेल मिल्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिका लागि यो ग्रहण शुभ रहनेछ। यो राशिका मानिसले करियरमा सफलता हासिल गर्नेछन्। यसबाहेक समाजमा मान-सम्मान मिल्नेछ। व्यापार-व्यवसाय गर्ने जातकका लागि समय लाभदायक हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिका व्यक्तिहरुको प्रशासनिक काम समयमै बन्नेछन्। लामो समयदेखि प्रतिक्षा गरिरहनुभएको कुरा पुरा हुनेछ।