चाणक्‍य नीति : यी ३ चीज अपनाएमा बर्बाद हुनेछ जीवन, युवाहरुका लागि जान्न जरुरी !

काठमाडौँ : आचार्य चाणक्‍यले युवाहरूका लागि केही अत्यन्तै महत्त्वपूर्ण उपदेशहरु दिएका छन्। यसका साथै उनले केही कामहरुबाट टाढै रहन पनि चेतावनी दिएका छन्। यदि युवाहरूले चाणक्य नीतिमा उल्लिखित यी कुराहरूलाई अपनाएमा उनीहरूले आफ्नो लक्ष्य छिटोभन्दा छिटो प्राप्त गर्न सक्ने मात्र होइन जीवनको हरेक चरण र पक्षमा आफूलाई सफल पनि पाउँछन्।

यी ३ चीजबाट टाढै रहनुहोस् : –

आचार्य चाणक्‍यका अनुसार युवावस्था मानिसको जीवनको सबैभन्दा महत्त्वपूर्ण चरण हो। यदि यस समयमा युवाले आफ्नो प्रतिभा बुझेर आफ्नो सारा बल सही दिशामा लगाए भने जे पनि प्राप्त गर्न सक्छन्। यति मात्र हैन, यो समयमा तिनले कुनै पनि लक्ष्य निर्धारण गरेमा त्यो लक्ष्य पाउने सम्भावना बढी हुन्छ किनकी यो समयमा तिनीहरुसँग लक्ष्य प्राप्ति गर्न आवश्यक पर्याप्त समय, तागत, स्वास्थ्य आदि हुन्छ। तर यो समय अनावश्यक कुरामा खेर फाल्यो भने जीवनभर पछुताउनु बाहेक अर्को विकल्प रहँदैन। त्यसैले यस्ता कुराबाट सधैं टाढा रहनुपर्छ।

नशा : नशाले सबैथोक बर्बाद गर्छ। युवावस्थामा नशाको लत लागेमा व्यक्तिको करियर, स्वास्थ्य, पारिवारिक जीवन, आर्थिक स्थिति सबैथोक बर्बाद गर्छ। उनीहरु निराशा, अवसादको खाडलमा जाकिनेछन्। त्यसपछि उनीहरुले जति चाहेपनि आफ्नो जीवनलाई सही दिशामा लैजान् सक्दैनन्। उनीहरुले जीवनमा कहिल्यै पूर्ति गर्न नसकिने हानिनोक्सानी ब्होर्नेछन्।

आलस्य : आलस्य व्यक्तिको सबैभन्दा ठूलो शत्रु हो। अल्छी मानिसले आफ्नो जीवनमा कहिल्यै केही हासिल गर्न सक्दैनन्। यदि युवावस्‍थामा आलस्यले घेर्यो भने उनीहरुको जीवनको सबैभन्दा अमूल्य समय गुमाउनेछन्। त्यसैले जीवनको यो सबैभन्दा ऊर्जावान समयको अधिकतम सदुपयोग गर्नुपर्छ।

खराब सङ्गत : – व्यक्ति जतिसुकै संस्‍कारी, सद्गुणी, परिश्रमी, बुद्धिमान् किन नहोस्, नराम्रो सङ्गतमा पर्यो भने जीवनको सर्वनाश निश्चित छ। खराब सङ्गतले जीवनमा कुनै न कुनै ठूलो समस्याको भुमरीमा फसाउँछ र आफ्नो भविष्य गुमाउन पुग्छन्।

प्रकाशित : शनिबार, बैशाख १७, २०७९१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मातातीर्थ औँसी आज : सूर्याेदयदेखि राति १ः३४ मिनेटसम्म आमाको अनुहार हेर्नु उपयुक्त