भोलि १०० वर्षपछि सूर्यग्रहण र शनिश्चरी अमावस्या एकैदिन, यी ३ राशिलाई धनलाभको प्रबल योग

काठमाडौँ : वि.सं. २०७९ को पहिलो सूर्यग्रहण बैशाख १७ गते(३० अप्रिल) शनिबार लाग्दैछ। यससँगै यस दिन बैशाख कृष्णपक्षको औँसी तिथि हो। जसकारण यस दिन शनिश्चरी अमावस्याको पनि योग बन्नेछ। ज्योतिषशास्त्रको दृष्टिकोणले सूर्यग्रहण र शनि अमावस्या एकै दिन पर्नुलाई निकै महत्वपूर्ण मानिन्छ। अझ स्मरणीय कुरा यो छ कि यो संयोग लगभग १०० वर्षपछि बनेको हो। यसकारण यस संयोगको प्रभाव सबै राशिहरुमा पर्नेछ। तर ३ राशिलाई यस संयोगबाट मनग्यै धनलाभ हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यो ग्रहण मिथुन राशिको लागि धेरै शुभ साबित हुन् सक्छ। नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना रहनेछ। व्यापारीहरूले मनग्य नाफा कमाउन सक्छन्। कुनै नयाँ काम सुरु गर्ने विचार तपाईको मनमा आउन सक्छ, जसले भविष्यमा राम्रो परिणाम दिन सक्छ। यसका साथै तपाईको आर्थिक स्थिति पनि मजबूत हुनेछ। कार्यस्थलमा स्थान परिवर्तनको सम्भावना पनि छ। तपाईको वित्तीय मुद्दा हल हुन् सक्छ। जागिर खानेहरुको आम्दानीमा पनि वृद्धि हुने प्रबल सम्भावना छ। साथै मिथुन राशिमा बुधदेवको आधिपत्य छ र ज्योतिष शास्त्र अनुसार बुधदेवको सूर्यग्रहसँग मित्रताको भाव हुन्छ। यसकारण यो ग्रहण तपाईको लागि शुभ फलदायी साबित हुन् सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सूर्यग्रहण तपाईको लागि शुभ साबित हुन् सक्छ। यस अवधिमा व्यापार-व्यवसायमा राम्रो मुनाफा हुन् सक्छ। नयाँ कामको प्रस्ताव आउन् सक्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ र उन्नतिको नयाँ मार्ग पनि खुल्नेछ। साथै व्यापारमा ठूलो सम्झौता हुन सक्छ। ऋण दिएको पैसा फिर्ता हुनेछ। धनु राशिको स्वामी गुरुदेव बृहस्पति हो र ज्योतिष शास्त्र अनुसार गुरु बृहस्पति र सूर्यमा मित्रताको भाव रहेको छ। त्यसैले यो ग्रहण तपाईको लागि फाइदाजनक साबित हुन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सिंह राशिका मानिसहरुलाई सूर्यग्रहणले ठूलो प्रभाव पार्नेछ। यस ग्रहणबाट आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। अधुरा काम बन्नेछन्। व्यापारमा भाग्यले साथ दिनेछ। आमाबाट साथ र सहयोग पाउनुहुनेछ। घर-जग्गा तथा वाहन खरिद गर्ने सपना पूरा हुनेछ। तपाईले गर्नुभएको लगानीबाट राम्रो धनलाभ हुनेछ। नयाँ व्यवसायिक सम्बन्ध बन्न सक्छ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गरिबी हटाइ धन प्राप्तिको बाटो खोल्छ, धन दाता कुबेरका यी ३ प्रभावकारी मन्त्रले !