शुक्र देव राशि परिवर्तन गरेर मीन राशिमा प्रवेश, अबको २५ दिन यी राशिलाई हुनेछ शुभै-शुभ !

यहि बैशाख १५ गते बिहीबार प्रेम, आकर्षण, कला, सौन्दर्य, सौभाग्य, वैभव, सुख, समृद्धि, शुक्र ग्रह कृष्ण पक्ष त्रयोदशी बिहीबार बिहान ७: ३० बजेबाट मीन राशिमा प्रवेश गरेका छन् । अब शुक्र ग्रह मीन राशिमा जेठ १० गतेसम्म रहने छन् । शुक्र यो राशि परिवर्तन ३ राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ जान्नुहोस् कुन-किन राशि ?

वृष राशि

शुक्र ग्रहको राशि परिवर्तनले वृष राशिका व्यक्तिको लागि सुखका दिन ल्याउनेछ । यस समयमा वृष राशिका मानिसको आम्दानी बढ्नेछ । धन लाभ हुनेछ । रोकिएको धन प्राप्त हुने प्रबल सम्भावना छ । यस बाहेक यो समय जागिर र व्यापारका लागि पनि राम्रो रहनेछ। मन लागेको काम पाउन सकिनेछ । पदोन्नति हुन सक्छ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। प्रेम साथी भेट्न सकिनेछ । विवाहित व्यक्तिहरुको सम्बन्ध सुमधुर रहनेछ ।

मिथुन राशि 

मिथुन राशिका मानिसहरुका लागि शुक्रको राशि परिवर्तन वरदान साबित हुनेछ । यो समय करियरमा सुधार आउनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । पदोन्नति पाउन सकिनेछ । पहिले गरेको मिहिनेतको फल यस समयमा पुरस्कारको रुपमा पाउन सकिन्छ । व्यवसायीलाई लाभ मिल्नेछ । विदेशबाट लाभ मिल्ने सम्भावना छ । विगतमा गरेको लगानीले यस समयमा राम्रो प्रतिफल मिल्नेछ ।

कर्कट राशि

शुक्रको राशि परिवर्तन कर्कट राशिका लागि निकै शुभ साबित हुनेछ। गरेका काममा  सफलता मिल्नेछ । कार्यस्थलमा राम्रो वातावरण रहनेछ। पदोन्नति-वृद्धि वा कुनै पुरस्कार प्राप्त हुने सम्भावना छ। लामो दुरीको यात्रामा जान सकिनेछ । यस समयमा विलासीका साधन खरिद  गर्न सकिनेछ । जीवनमा सुख-सुविधाको वृद्धिले तपाईलाई खुसी र आराम दिनेछ। व्यक्तिगत जीवनमा खुसी रहनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख १७ गतेको राशिफल : मातातीर्थ औँसीको दिन यी राशिले पाउनेछन् उत्साहवर्धक समाचार