काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख १६ गते शुक्रबार हो। शुक्रबार बैशाख महिनाको कृष्णपक्षको चतुर्दशी तिथि हो।
शुक्रबारको दिन माता लक्ष्मीलाई समर्पित हुन्छ। यसैकारण शुक्रबारको दिनमाता लक्ष्मीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। शुक्रबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
बैशाख १६ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शुक्रबार(Friday)।।। नक्षत्र – रेवती , १९:०९ बजे उप्रान्त अश्विनी ।।। तिथि – चतुर्दशी , २५:०४ बजे उप्रान्त औंसी ।।। करण –भद्रा १३:०१ बजेदेखि शकुनि , २५:०४ बजे उप्रान्त किंस्तुघ्न ।।। योग –विष्कम्भ , १६:२३ बजे उप्रान्त प्रीति ।।। बैशाख १६, २०७९, शुक्रबार ।।। २९ अप्रिल, सन् २०२२ ।।। चतुर्दशी, बैशाख कृष्णपक्ष ।।। चौलागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २९ ।।। सूर्यास्त(sunrise) – १८:३६ ।।। कार्यक्रम : – मातातिचह्रे पूजा, अन्तरास्ट्रिय नृत्य दिवस ।।। शुभ साइत : होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सामाजिक जमघटमा आफन्त र मित्रसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। साथीलाई पैसा खर्च गर्नुहुनेछ। प्राकृतिक दृष्टिले पर्यटनमा जानुहुनेछ। सरकारी र सरकारी कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा माधुर्यता आउनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
नयाँ कार्यको आयोजन गर्नुहुनेछ। पेसा तथा व्यवसायमा लाभदायक परिणाम मिल्नेछ। पदोन्नति मिल्नेछ। व्यापारमा नयाँ दिशा खुल्नेछ। सरकारद्वारा लाभको समाचार मिल्नेछ। मानप्रतिष्ठा वृद्धि हुनेछ। रोकिएको कार्य पूरा हुनेछ। गृहस्थजीवनमा मधुरता रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
प्रतिकूल संयोग बन्नाले तपाईको कार्यमा ढिलाई हुनेछ। शरीरमा उर्जा र मनमा उत्साहको अभाव रहनेछ। पेटको रोगले सताउनेछ। पेसामा उच्च पदाधिकारीको नकारात्मक व्यवहार भोग्नुपर्नेछ। राजकीय कठिनाइ बाधक बन्नेछ। महत्त्वपूर्ण कार्य वा निर्णय स्थगित गर्नुहोला। सन्तानसँग मतभेद हुनेछ। प्रतिस्पर्धि र विरोधिबाट सचेत रहनुहोला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
श्रीमान-श्रीमतीबीच मामूली कारणले झगडा पर्नेछ। जीवनसाथीको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। सांसारिक विषयको बारेमा उदास रहनुहुनेछ। सार्वजनिक जीवनमा प्रसिद्दि वा स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। विपरीत लिंगीय व्यक्तिसँग भेट आनन्ददायक रहनेछ। अदालती प्रश्न हल हुन ढिलाई हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
शारीरिक तथा मानसिक स्वास्थ्य शुभ रहनेछ। घरमा सुख- शान्तिको माहोल रहनाले प्रसन्न अनुभव गर्नुहुनेछ। आर्थिक लाभ र काममा सफलता मिल्नेछ। पेसामा लाभ मिल्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कल्पना र सिर्जनशक्तिको उत्तम उपयोग गर्न सक्नुहुनेछ। सन्तानको प्रगति हुनेछ। प्रिय व्यक्तिसँग भेट रोमांचक रहनेछ। तन- मनबाट ताजगी र उर्जाको अनुभव गर्नुहुनेछ। अत्यधिक विचारको कारण मन विचलित रहनेछ। कसैसँग बौद्धिक चर्चा वा वाद- विवादमा भाग लिनुहोला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शारीरिक र मानसिक रूपले भय अनुभव गर्नुहुनेछ। कुनै न कुनै चिन्ताले समस्यामा रहनुहुनेछ। पारिवारिकसदस्य तथा आफन्तसँग झगडा हुनेछ। आमाको स्वास्थ्य खराब हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
रहस्यमय विद्या र अध्यात्म तर्फ विशेष आकर्षण रहनेछ। नयाँ कार्यको सुरुवातको लागि शुभ समय रहेको छ। मित्र र आफन्तसँगको आगमनले घरमा प्रसन्नता रहनेछ। हातमा लिएको कार्य सफलतापूर्वक पूरा हुनेछ। पैसाक लाभ हुने योग रहेको छ। मान- प्रतिष्ठा वृद्धि हुनेछ। प्रिय व्यक्तिसँग भेट होला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागिरहनेछ। विधार्थीको पढाई-लेखाईमा एकाग्रता राख्नुहुनेछ। मध्यान्नपहि चिन्ताको निवारण गर्ने उपाय मिल्नाले मानसिक शान्ति अनुभव हुनेछ। शारीरिक र मानसिकरुपले स्वस्थता बनिरहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यवसायिक क्षेत्रमा अनुकुल वातावरण रहनेछ। प्रत्येक कार्य ढिलाई बिना सम्पन्न हुनेछ। गृहस्थ जीवनमा उग्र वातावरण बनिरहनेछ। आध्यात्मिक प्रवृत्तिमा अभिरुचि रहनेछ। कार्यालयमा प्रभाव बनिरहनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचारको आक्रमण हुनाले मनमा निराशा छाईरहनेछ। निर्णयशक्तिको अभाव रहनेछ। घरको कार्यमा खर्च होला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मानसिक रूपले धार्मिक भावनाको उदय अधिक हुनेछ। धार्मिक कार्य अथवा धार्मिक यात्रामा खर्च हुनेछ। अदालती कार्यमा सफलता प्राप्त हुनेछ। पूण्य कार्यनमा खर्च हुनेछ। भगवानको पूजा गर्दा मनले शान्ति प्राप्त गर्नेछ। मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। गृहस्थजीवन संवादित रहनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आर्थिक आयोजन र पूँजी लगानी गर्ने समयमा ध्यान राख्नुहोला। एकाग्रता कम र बेचैनी अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। मित्र तथा आफन्तसँग मतभेद खडा हुनेछ।