शुक्र-बृहस्पति मिलेर ४ राशिको भाग्य चम्काउँदै, शुभ संकेत सहित हुनेछ भाग्योदय !

वैदिक ज्योतिषमा कुनै पनि ग्रहको राशि परिवर्तन हुनु निकै महत्त्वपूर्ण मानिन्छ, त्यसै गरी एउटै राशिमा दुई ग्रहको संयोजनको पनि विशेष महत्त्व रहेको छ। वैदिक ज्योतिष शास्त्रका अनुसार कुनै एक राशिमा दुई ग्रह हुँदा त्यसलाई ग्रहको युति भनिन्छ । कुनै एक राशिमा तीन ग्रह हुँदा त्रिग्रही योग र चार ग्रह एउटै राशिमा आएमा यो योगलाई चतुर्ग्रही योग भनिन्छ । अप्रिल २७ देखि बृहस्पति र शुक्र ग्रह मीन राशिमा युती बनाएका छन् ।

शुक्र र बृहस्पतिको युतिको समय

ज्योतिषीय गणना अनुसार सन् २०२२ अप्रिल १३ तारिक बिहानदेखि देव गुरु बृहस्पति कुम्भ राशिको यात्रा रोकेर आफ्नै राशि मीनमा सरेका छन् । बृहस्पतिको मीन राशिमा राशि परिवर्तन १२ वर्षपछि भएको हो । साथै सुख र वैभवको कारक ग्रह शुक्र ग्रह पनि २७ अप्रिल २०२२ को साँझ मीन राशिमा विराजमान भएको छन् ।

यस्तो अवस्थामा बृहस्पति ग्रह पहिल्यै मीन राशिमा विराजमान भएकाले अहिले शुक्र ग्रहले पनि यस राशिमा प्रवेश गरेको छ । मीन राशिमा बृहस्पति-शुक्रको यो संयोग मे २३ सम्म रहनेछ, त्यसपछि शुक्रले मेष राशिमा प्रवेश गर्नेछन् । अहिले ज्योतिषीय दृष्टिकोणले यी दुई ग्रहको मिलन निकै लाभदायी साबित हुनेछ । जसको कारण ४ राशिलाई अत्यन्तै शुभ हुने भएको छ ।

मीन राशि

मेन राशिमा बृहस्पति देव र  शुक्र देवको युतिले मीन राशिका मानिसलाई अधिकतम लाभ हुनेछ । यस समयमा  देवगुरु बृहस्पतिको आफ्नै राशिमा भएको हुँदा  यस्तो अवस्थामा मीन राशि भएका व्यक्तिको जीवनमा भाग्य र सौभाग्य वृद्धि हुने सम्भावना रहन्छ । आर्थिक लाभको प्रबल सम्भावना छ । करियरमा नयाँ उचाइ प्राप्त हुनेछ। मान सम्मान र सुखमा वृद्धि हुने संकेत देखिन्छ ।

कर्कट राशि

यस बृहस्पति र शुक्र ग्रहको युतिको कारण कर्कट राशिका लागि वरदानभन्दा कम हुँदैन। भाग्यको वृद्धिसँगै सबै प्रकारका विलासिताको सुविधा प्राप्त हुनेछ । नयाँ व्यापार सुरु गर्नको लागि पनि समय राम्रो रहनेछ। कार्यस्थलमा पदोन्नतिको सम्भावना छ । समाजमा हैसियत बढ्नेछ।

कन्या राशि

यस समयमा कन्या राशिका व्यक्तिलाई अनकुल र शुभ फल मिल्नेछ । भाग्यले साथ दिनेछ, जसका कारण हरेक काममा सफलता मिल्नेछ । विवाहित व्यक्तिको दाम्पत्य जीवनमा पनि नयाँपन र खुसी देखिनेछ।

मकर राशि

यस राशि परिवर्तनको समयमा मकर राशिको आयमा वृद्धि हुने संकेत देखिन्छ। नयाँ कामको लागि एकै साथ धेरै प्रस्तावहरू प्राप्त हुनेछन्। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । वैदेशिक यात्राको इच्छा पुरा हुनेछ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख १६ गतेको राशिफल : शुक्रबार यी राशिले पाउनेछन् ठूलो मौका, धनलाभसँगै हुनेछ प्रचुर फाइदा