दुई दिनपछि वर्षको पहिलो सूर्य ग्रहण लाग्दै, गर्भवती महिलाले यस कुरामा राख्नुहोस् विशेष ध्यान !

यस वर्षको पहिलो सूर्य  ग्रहण अप्रिल ३० तारिकमा शनिबार लाग्ने भएको छ । यस दिन दिन शनिचरी अमावस्या पनि परेको छ । यो सूर्य ग्रहण राति १२:१५ मा सुरु हुनेछ र १ मे मा बिहान ४:०७ मा समाप्त हुनेछ। सूर्य ग्रहणमा सबैले विशेष सावधानी अपनाउनु पर्छ, विशेष गरेर गर्भवती महिलाले यो समयमा भुलेर पनि यस्ता कम गर्नु हुँदैन ।

सूर्य ग्रहणको प्रभाव

ज्योतिष शास्त्रका अनुसार सूर्य ग्रहणको प्रभाव हरेक व्यक्तिमा पर्ने गर्दछ । यसको प्रभाव राम्रो र नराम्रो दुवै हुन सक्छ। ग्रहणको समयमा सूर्यबाट निस्कने हानिकारक किरणले मानिसको जीवनमा असर गर्छ । यस्ता किरणको प्रभाव गर्भवती महिला र बालबालिकामा पर्छ । सूर्य ग्रहणको समयमा गर्भवती महिलाले विशेष ख्याल गर्नुपर्छ । ग्रहणको समयमा बाहिर निस्कनु हुँदैन भन्ने मान्यता छ । यस समयको हानिकारक किरणले स्वास्थ्यमा नराम्रो असर गर्ने जनविश्वास राहेको छ ।

यस्ता चिजको प्रयोग नगर्नुहोस्

गर्भवती महिलाले सूर्यग्रहणको समयमा कुनै पनि धारिलो वस्तुको प्रयोग गर्नु हुँदैन। यसो गर्दा बच्चामा विकृति आउन सक्ने विश्वास गरिन्छ । यस अवधिमा सिलाई-कटाई जस्ता काम गर्नु हुँदैन।

सूर्य ग्रहणको समयमा अपनाउनुहोस् यी उपाय

सूर्य ग्रहणको असरबाट बच्न गर्भवती महिलाले जिब्रोमा तुलसीको पात राखेर हनुमानजीको पूजा गर्नुपर्छ । सूर्य ग्रहण सकिएपछि गर्भवती महिलाले नुहाउनु पर्छ अन्यथा उनको बच्चालाई छालासम्बन्धी रोग लाग्न सक्छ। यस समयमा गर्भवती महिलाले आफ्नो कुल देवताको पूजा गर्नुपर्छ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहान ३ बजे देखि ६ बजेसम्म जन्मिएका व्यक्तिको भाग्य कस्तो हुन्छ ? जान्नुहोस् !