काठमाडौँ : सामुद्रिक शास्त्रमा मानव शरीरको हरेक अङ्गका बारेमा वर्णन गरिएको छ। शरीरका विभिन्न अङ्गहरुले मानिसको व्यक्तित्व बारे बताउँछ। व्यक्तिको स्वभाव कस्तो छ, ऊ कुन काम निपुण हुन्छ लगायतका विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ। आज हामी आँखाको रङ्गको बारेमा कुरा गर्दैछौँ।
सामुद्रिक शास्त्र अनुसार जसको आँखा कालो रङ्गको हुन्छ, उनीहरुको ज्ञानेन्द्रिय एकदमै राम्रो हुन्छ। उनीहरु आफ्नो काममा अत्यन्तै माहिर हुन्छन्। जुनै काम पनि दत्तचित्त भएर पूरा गर्छन्। हरेक कामलाई सर्वोत्कृष्ट ढङ्गबाट पूरा गर्न अगाडी देखि नै योजना बनाउँछन्। यद्यपि उनीहरु रहस्यमयी प्रकृतिका हुन्छन्। आफ्नो काम पूरा हुनु अघि आफ्नो योजना कसैलाई पनि शेयर गर्दैनन्।
कालो आँखा भएका मानिसहरु भरपर्दो र विश्वासिला हुन्छन्। यिनलाई सहर्ष विश्वास गर्न सकिन्छ।