२०२३ सम्म तुलामा विराजमान रहनेछ केतु, ३ राशिलाई धनलाभसँगै प्रगतिको प्रबल योग

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रह एक निश्चित समयको अन्तरालमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ। यो राशि परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। साथै राशि परिवर्तन कसैको लागि भाग्यशाली र कसैको लागि दुर्भाग्यपूर्ण रहन्छ। छायाँ ग्रह केतुले १२ अप्रिल सन् २०२२ मा तुला राशिमा प्रवेश गरिसकेको छ। जहाँ केतु सन् २०२३ सम्म विराजमान रहनेछ। केतुको यो गोचरले सबै राशिहरुमा प्रभाव पार्नेछ तर ३ राशिका लागि यो गोचर अत्यन्तै लाभदायी साबित हुनेछ। आउनुहोस्, जानौँ यी ३ राशिका बारेमा…

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

केतु ग्रहको गोचर मकर राशिका लागि लाभदायी साबित हुन् सक्छ। किनकी केतु ग्रहले मकर राशिको ११ औँ भावमा गोचर गरेको छ। जसलाई आय र लाभको स्थान भनिन्छ। यसकारण तपाईले धेरै ठाउँहरुबाट धन प्राप्त गर्नुहुनेछ। यसका साथसाथै व्यापारमा पनि राम्रो नाफा कमाउनुहुनेछ।

आकस्मिक आर्थिक लाभ हुने सङ्केत पनि देखिन्छ। व्यापारमा नयाँ सम्झौता हुन् सक्छ। जागिरमा तलब वृद्धिसँगै बढुवाको योग छ। यस अवधिमा तपाईको रोकिएको धन प्राप्त गर्नुहुनेछ। समग्रमा केतुको गोचर तपाईको लागि शुभ रहने छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकको कुण्डलीको चतुर्थ स्थानमा केतु ग्रहले गोचर गरेको छ। जसलाई सुख, माता र वाहनको भाव भनिन्छ, यसकारण कर्कट राशिका मानिसहरुलाई केतु ग्रहको यो स्थिति राम्रो साबित हुन् सक्छ। साथै यो समय विभिन्न भाषा सिक्न इच्छुक व्यक्तिहरुका लागि सर्वाधिक लाभदायी साबित हुनेछ। यस अवधिमा तपाईलाई नयाँ जागिरको प्रस्ताव आउन सक्छ।

जागिरेदारहरुलाई बढुवासँगै तलबवृद्धिको योग छ। सिङ्गल जातकले प्रेमी-प्रेमिका भेट्टाउनेछन्। अविवाहित मानिसहरुलाई योग्य वरबधुबाट विवाहको प्रस्ताव आउन सक्छ। घर-जग्गा तथा वाहन खरिदमा मन जानेछ। यस समयमा आमाको साथ र सहयोग प्राप्त गर्नुहुनेछ। काममा स्थान परिवर्तनको योग छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि केतु ग्रहको गोचर लाभदायक साबित हुन सक्छ। केतु ग्रहले तपाईको कुण्डलीबाट नवम भावमा प्रवेश गरेको छ। जसलाई भाग्य र विदेश यात्राको भाव भनिन्छ। तसर्थ यस अवधिमा तपाईलाई भाग्यले पूरा साथ दिनेछ। साथै जुनसुकै काममा हात हाल्दा पनि त्यसमा सफलता मिल्नेछ।

व्यापार-व्यवसायका कारण विदेश यात्राको अवसर जुर्नेछ, जुन भविष्यमा तपाईका लागि लाभदायी सिद्ध हुनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेकाहरुले यस अवधिमा सफलता पाउनेछन्। आर्थिक अवस्थामा पनि सुधार आउनेछ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट गर्नुहोस् यस्ता ५ काम घरमा हुनेछ धनको वर्षा, हुनु हुनेछ समृद्ध !