ज्योतिष शास्त्रको अनुसार शनिको राशि परिवर्तनपछि तिथि अनुसार चैत्र महिनाको समापन अप्रिल ३० तारिकमा शनैश्चरी अमावस्यासँगै हुनेछ । संयोगवश, यस दिन आंशिक सूर्यग्रहण छ। बाबु र छोराको यस्तो दुर्लभ मिलन विगत १०० वर्षमा भएको छैन ।
सन् २०२२ को पहिलो सूर्य ग्रहण लाग्न अब केही दिन मात्रै बाँकी छ । यो सूर्य ग्रहण अप्रिल ३० तारिकमा लाग्दै छ । त्यसै पनि यस ग्रहण नेपालबाट भने देख्न सकिँदैन । त्यसैले यसको सुतक अवधि नेपालमा मान्य हुने छैन । तर ज्योतिष शास्त्रका अनुसार आंशिक सूर्य ग्रहण लागे पनि सबै राशिमा यसको प्रभाव पर्ने देखिन्छ ।
यो ग्रहण दक्षिण अमेरिका, दक्षिण प्रशान्त महासागर आदि स्थानहरूमा देखिनेछ। यस ग्रहण शनिबारको दिन लाग्ने भएको छ । शनिबार लाग्ने ग्रह अमावस्यलाई शनैश्चरी अमावस्या पनि भनिन्छ । सामान्यतया यस शनैश्चरी अमावस्याको दिन पितृको नाममा स्नान, दान र अर्पण गर्ने प्रचलन रहेको छ ।
तर यस पटक यस दिन सूर्य ग्रहणका कारण ग्रहण सुरु हुनुअघि नै पितृको श्राद्ध र स्नान गर्नु शुभ रहनेछ । यो सूर्य ग्रहण अप्रिल ३० तारिकको राति १२ बजेदेखि सुरु हुने भएकाले त्यसअघि पितृको श्राद्ध र तर्पण गर्नु उत्तम हुन्छ ।
यस्ता उपायले हुनेछ लाभ
यो शनि योग सबै राशिका मानिसका लागि निकै शुभ साबित हुने छ । शनिदेवको साढे साती र शनिको ढैय्याको समस्यामा परेकाहरूले अमावस्यामा विशेष उपाय अपनाएर राहत पाउन सक्छन् । यस दिन शनिदेवलाई तेल चढाउनुहोस्। शनि मन्दिरमा कालो कपडामा मासको दाल र कालो तिल दान गर्नुहोस्। यस दिन भगवान शिव र हनुमानको पूजा गर्नाले संकटबाट मुक्ति मिल्छ।
अप्रिल ३० तारिकमा शनिबार र अमावस्या भएकाले शनैश्चरी अमावस्या हुनेछ। वैशाख महिनाको यो अमावस्यामा तीर्थमा स्नान र दान गर्नु धेरै शुभ मानिन्छ। यस दिन पिपललाई जल चढाउँदा शनिदेवको अशुभ प्रभाव समाप्त हुन्छ र पितृको आत्माले पनि शान्ति प्राप्त गर्छ।