हेरेका बार अनुसार छुट्टा-छुट्टै भगवानको पूजा आराधन गर्ने गरिन्छ । त्यस्तै बुधबार भगवान गणेशको पूजा आराधन गर्नाले उनको विशेष आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । भगवान गणेशको विधिवत् पुरा गर्नाले घर तथा जीवनमा सुख-समृद्धि आउने मान्यता रहेको छ । साथै बुधबार भगवान गणेश केही उपाय गर्नाले गणेशको कृपा प्राप्त हुन्छ । साथै कुण्डलीमा बुध ग्रह पनि बलवान हुन्छन् ।
जीवनमा आउने दु:खबाट मुक्ति पाउन विधि-विदान अनुसार गणेशको पूजा गर्नुहोस्। यसो गर्नाले व्यक्तिको जीवनमा केही कुराको आगमन हुन्छ । जान्नुहोस् बुधवार भगवान गणेशको पूजा गर्नाले जीवनमा के कस्ती कुराको आगमन हुन्छ ।
गणेश पूजा गर्दा जीवनमा यी कुराको आगमन हुन्छ
शुद्ध आत्मा
भगवान गणेशको आराधना गर्नाले मानिसको शरीर शुद्ध हुने जनविश्वास रहेको छ । भगवान भक्तिद्वारा मानिसको शरीर र मन शुद्ध हुन सक्छ। यति मात्र होइन भगवान गणेशको भक्तिले बोलीमा मिठास ल्याउँछ। साथै, भगवान गणेशको भक्तिले व्यक्तिको विचार पनि शुद्ध हुने बताइन्छ ।
भाग्य परिवर्तन
शास्त्रका अनुसार भगवान गणेशको नियमित पूजा गरेमा गणेशले चाँडै नै त्यस व्यक्तिको भाग्य परिवर्तन गर्छन्। यसले मानिसको जीवनमा सुख, समृद्धि र शान्ति ल्याउँछ।
गणपतिको कृपाले बुद्धि प्राप्त हुन्छ
धार्मिक ग्रन्थहरूमा गणपतिलाई बुद्धिको प्रतीक मानिन्छ। साँचो मन र भक्ति भावले भगवान गणेशको पूजा गर्नाले भगवानको विशेष कृपा प्राप्त हुन्छ, साथसाथै बुद्धि, विद्या र शक्तिमा वृद्धि हुन्छ ।
धैर्यता बढ्छ
भगवान गणेशका ठूला कानहरू धैर्यताको प्रतीक हुन्। भगवान गणेशको नियमित पूजा गर्नाले व्यक्तिमा धैर्यताको आगमन र वृद्धि हुने जनविश्वास रहेको छ ।