काठमाडौँ : ‘मे’ महिनामा सूर्य, मङ्गल, बुध र शुक्रको राशि परिवर्तन हुँदैछ। महिनाको सुरुमा सूर्य वृष राशिमा गोचर गर्नेछ। अहिले सूर्य मेष राशिमा विराजमान छ। मङ्गल ग्रहले मे १७ मा राशि परिवर्तन गर्दैछ। मङ्गल कुम्भ राशिबाट निक्लिएर १७ मेमा मीन राशिमा जानेछ। बुध ११ मेमा प्रतिगामी चाल चल्नेछ।
शुक्र मीन राशिमा छ भने २३ मेमा मेष राशिमा जानेछ। यसरी चार ग्रहले आफ्नो चाल परिवर्तन गर्नेछ। शनि, राहु र केतु आ-आफ्नै राशिमा रहनेछ। यी राशि परिवर्तनहरूले धेरै तरिकाबाट १२ राशिलाई प्रभावित पार्नेछ।
राशिको हिसाबले हेर्दा सूर्यको राशि परिवर्तन खासगरी वृष राशिलाई निकै राम्रो साबित हुनेछ। वृष राशिका मानिसहरूले मान-सम्मान र व्यापारमा उन्नतिको अवसर प्राप्त गर्नेछन् भने कतैबाट कसैको सम्पत्तिको हिस्सा पनि पाउन सक्नेछन्। बुधको गोचर तीन राशिका लागि धेरै भाग्यशाली साबित हुनेछ। मेष राशिका लागि बुधको राशि परिवर्तन राम्रो छ, विद्यार्थीहरूले करियरमा सफलता पाउनेछन्, आर्थिक स्थितिमा सुधार आउनेछ र समाजमा मान-सम्मान मिल्नेछ।
मिथुन राशिका जातकको यस अवधिमा सुखसुविधामा वृद्धि हुनेछ र साथै घर-जग्गा या वाहन खरिदको योग छ। मङ्गलदेवको कृपाले मिथुन राशिको आयमा वृद्धि हुनेछ। आयका नयाँ श्रोतहरु सिर्जना हुनेछन्। कर्कट राशिका लागि मङ्गलदेवको कृपाले जागिरमा बढुवा, नयाँ कामबाट धन सम्पत्तिमा वृद्धि हुनेछ। मीन राशिका व्यक्तिहरूलाई कतैबाट अचानक धन लाभ हुनेछ।