वास्तु शास्त्रमा धनको अभावलाई हटाइ धनी बन्ने विभिन्न उपायको बारेमा बताइएको छ । ताकि एक मिहेनती व्यक्तिको धन कमाउने प्रयासहरू व्यर्थ नहोस् र व्यक्तिले राम्रो, आरामदायी जीवन बिताओस्। यसको साथै हरेक व्यक्तिले धन हानि र अपव्ययबाट पनि बच्नुपर्छ। अहिलेको समयमा धेरै पैसा कमाए पनि महिनाको अन्त्यसम्म केही पनि नभएको गुनासो प्रायः मानिसहरूले गर्छन्। यस्तो अवस्थामा वास्तु शास्त्रमा उल्लेखित उपायहरू धेरै उपयोगी साबित हुन सक्छन्।
धनवान बनाउनेछ यस्ता उपाय
वास्तु शास्त्र र ज्योतिष शास्त्रमा उल्लेख गरिएका केही उपाय यस्ता छन्, जसले धन हानि, व्यर्थ खर्चबाट बच्न र केही दिनमै घर–व्यवसायमा समृद्धि ल्याउनेछ । यी उपायहरू अपनाएमा चाँडै नै आर्थिक स्थितिमा ठूलो परिवर्तन देखिन थाल्छ।
तुलसीको बिरुवा
घरमा तुलसीको बिरुवा लगाउनुपर्छ । आइतबार र एकादशी बाहेक हरेक दिन बिहान नुहाएर तुलसीलाई जल चढाउनुपर्छ । साँझ तुलसीको छेउमा पनि दियो बाल्नुहोस्। यसो गर्नाले माता लक्ष्मी प्रसन्न भई जीवनमा धेरै धन प्राप्त हुन्छ ।
गाईलाई रोटी, चराचुरुङ्गीलाई चारा
दैनिक घरमा पहिलो रोटी गाईलाई खुवाउनुहोस् र चराहरूलाई चारा खुवाउनुहोस् । यसो गर्नाले धेरै पापहरू नष्ट हुन्छन्, जीवनका सबै कष्टहरू हट्छन् र घरमा सुख-समृद्धि आउँछ।
बिहीबारको व्रत
बिहीबार भगवान विष्णुको लागि समर्पित छ। यस दिन व्रत बसेर पूर्ण भक्तिपूर्वक भगवान विष्णु र देवी लक्ष्मीको पूजा गर्नुहोस्। साथै लक्ष्मीनारायणको जप गर्नुहोस्। यसको सकारात्मक प्रभाव केही दिनमै देखिनेछ ।
शिवलिंगको जलाभिषेक
भगवान शिवले जीवनका सबै दु:ख हटाउने मान्यता रहेको छ । यसका साथसाथै सबै मनोकामना पनि पूरा हुन्छन् । त्यसैले दैनिक शिवलिंगको अभिषेक गरी बेलको पात, अक्षत र दूध चढाउनुपर्छ ।