जिद्दी, महत्वाकांक्षी र मेहनती हुन्छन् यी नामका मानिस, दृढ सङ्कल्प लिई बन्छन् कुबेरझैँ धनी

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार जसरी राशिका आधारमा मानिसको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ, त्यसरी नै नामको पहिलो अक्षरबाट पनि धेरै कुराहरु थाहा पाउन सकिन्छ। आज हामी यस्ता ४ वटा अक्षरको बारेमा चर्चा गर्नेछौं जसबाट सुरु हुने नामका मानिसहरु धेरै गुणवान हुन्छन्। यिनीहरुले जीवनमा सोचेका कुराहरु सबै पूरा गर्छन्। यिनीहरु भित्र दृढ इच्छाशक्ति हुन्छ। जान्नुहोस्, यी नामका बारेमा…

जुन मानिसको नाम ‘D’ अक्षरबाट सुरु हुन्छ, उनीहरु धेरै बुद्धिमान र मेहनती हुन्छन्। आफ्नो स्वभावले जो कोहीँको मन जित्छन्। एकपटक कुनै काम गर्ने निश्चय गरेपछि त्यो काममा सफलता हासिल गरेपछि मात्र विश्राम लिन्छन्। यिनीहरुमा धनदौलतको कहिल्यै कमी हुँदैन्। यिनीहरु सधैं अरूको नजरमा आकर्षणको केन्द्र बन्छन्। यिनीहरु आर्थिक रूपमा सक्षम हुन्छन्।

जुन मानिसको नाम ‘H’ बाट सुरु हुन्छ, उनीहरुले चाहेमा जीवनमा जे पनि हासिल गर्न सक्छन्। उनीहरु कुनै पनि काममा सफलता पाउनको लागि कडा मेहनत गर्छन्। उनीहरु जिद्दी र महत्वाकांक्षी हुन्छन्। सफलता नपाउन्जेल प्रयास गरिरहन्छन्। उनीहरुको आर्थिक अवस्था स्वाभाविक रुपमा राम्रो हुन्छ।

जुन मानिसको नाम ‘S’ बाट सुरु हुन्छ उनीहरु कडा परिश्रम गरी सबैलाई पछि पार्छन्। जब उनीहरु कुनै काममा सफलता प्राप्त गर्न दृढ निश्चय गर्छन् तब उनीहरुलाई कसैले पनि हराउन सक्दैन्। उनीहरुको जिद्दी र महत्वाकांक्षी स्वभावले हरेक कामका सफलता दिलाउँछ। उनीहरु आफ्नो कर्मले धनी बन्छन्।

जुन मानिसको नाम ‘P’ बाट सुरु हुन्छ उनीहरु एकदमै मेहनती हुन्छन्। उनीहरु कुनै काममा सफलता नपाएसम्म चुपचाप बस्दैनन्। दृढ सङ्कल्प लिए भने उनीहरु एकदमै सम्पन्नशाली बन्छन्। उनीहरु तेज दिमागका हुन्छन्। उनीहरु सानै उमेरमा एक सफल व्यक्ति बन्छन्।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिष शास्त्रका अनुसार राम्रो छोरा र ज्वाइँ साबित हुन्छन् यस राशिका मानिस, कुन-कुन ?