बैशाख १२ गतेको राशिफल : सोमबार यी राशिका जातक रहनुस् सावधान, ठूलो दुर्घटना घट्न सक्छ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख १२ गते सोमबार हो। सोमबार बैशाख महिनाको कृष्णपक्षको नवमी तिथि हो।

सोमबारको दिन भगवान शङ्करलाई समर्पित हुन्छ। यसैकारण सोमबारको दिन भगवान शङ्करको विधि-विधानपूर्वक पूजा-आराधना गरिन्छ। सोमबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख १२ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – सोमबार(Monday)।।। नक्षत्र – धनिष्ठा , १९:४६ बजे उप्रान्त शतभिषा ।।। तिथि – नवमी ५:४३ बजेदेखि दशमी , २७:५९ बजे उप्रान्त द्वादशी ।।। करण –गर ५:४३ बजेदेखि वणिज , १६:४९ बजे उप्रान्त कौलव ।।। योग – शुक्ल , २३:२४ बजे उप्रान्त ब्रह्म ।।। वैशाख १२, २०७९, सोमबार ।।। २५ अप्रिल, सन् २०२२ ।।। नवमी, वैशाख कृष्णपक्ष ।।। चौलागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: ३२ ।।। सूर्यास्त(sunrise) – १८:३३ ।।। कार्यक्रम : – विश्व औलो दिवस (World Malaria Day) ।।। शुभ साइत : होम गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कुनै कार्य वा  प्रोजेक्टमा सरकारको तर्फबाट लाभ मिल्नेछ। अफिसमा महत्त्वपूर्ण मुद्दाको सम्बन्धमा उच्च पदाधिकारीसँग विचार-विमर्श हुनेछ। अफिसको कामकाजको निहुँमा भ्रमणमा जानुहुनेछ। कार्यभार बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

विदेश यात्राको लागि सुनौलो अवसर आउनेछ। विदेश बस्ने आफन्त वा मित्रबाट शुभ समाचार मिल्नेछ। व्यापारीको व्यापारमा धन लाभ हुनेछ। नयाँ आयोजन हातमा लिन सक्नुहुनेछ। लामो दूरीको यात्रा हुनेछ। आध्यात्मिकतामा प्रगति गर्न सक्नुहुनेछ। सन्तानको प्रगति हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

रिसालु भावनाले हानि पुर्याउन सक्छ। बिरामी व्यक्तिले नयाँ  चिकित्सा र शल्यक्रिया नगर्नुहोला। कम बोलेर वाद-विवाद वा मनमुटावबाट टाढा रहनुहुनेछ। खर्चको मात्रा बढ्नेछ। स्वास्थ्य खराब होला। मानसिक रूपले मनमा निराशा उत्पन्न हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

संवेदनशीलता र प्रेमको भावनाले हरा-भरा मन विपरीत लिंगीय पात्र तर्फ अधिक आकर्षित हुनेछ। मोज-शोकको वस्तु वा नयाँ कपडा खरिद गर्नुहुनेछ। उत्तम दाम्पत्यजीवन मिल्नेछ। व्यापारीले विदेशबाट  व्यापारमा लाभ प्राप्त गर्नेछन्। सहकर्मी लाभदायक साबित हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

उदासीन वृत्ति र शंकाको भावनाले मन बेचैन बनाउनेछ। दैनिक कार्य पुरा हुन ढिलाई हुनेछ।  परिश्रम गरेअनुसार फल कम मिल्नेछ। पेसमा सम्हालेर रहनुहोला। माईती पक्षबाट चिन्ताजनक समाचार आउनेछ। उच्च पदाधिकारीसँग झगडा हुन सक्ला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन चिन्ता र उद्वेगबाट परिपूर्ण हुनेछ। पेटको  गडबडी स्वास्थ्य खराब हुनेछ। विधार्थीको पढाईमा अवरोध आउनेछ। अचानक पैसा खर्च हुनेछ। बौद्धिक चर्चा र सम्झौतामा  असफलता मिल्नेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सावधान रहनुहोला।  मानसिक रूपले अस्वस्थ  रहनुहुनेछ। आमा र स्त्रीवर्ग सम्बन्धि चिन्ताले सताउनेछ।  यात्रा स्थगित गर्नुहोला। समयमा नै  भोजन र निन्द्रा प्राप्त हुनाले शरीरमा अस्वस्थता अनुभव हुनेछ। कुटुम्बको बारेमा सावधानीपूर्वक काम लिनु नै लाभदायक हुनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यसफलता, आर्थिक लाभ र भाग्यवृद्धिको योग रहेको छ। भाई-बहिनीसँग कुटुम्बिक चर्चा र आयोजन हुनेछ। तन-मनबाट उर्जा र आनन्द अनुभव गर्नुहुनेछ। मित्र तथा आफ़न्त घरमा आगमन हुनाले आनन्द महसुस हर्नुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

परिवारसँग हुन सक्ने गलत धारणाबाट बच्नुहोला। अनावश्यक खर्च नगर्नुहोला। मानसिक उचाट र द्विधाको कारण महत्त्वपूर्ण निर्णय लिन सक्नु हुनेछैन। कार्यमा निर्धारित सफलता प्राप्त हुनेछैन। शुभ प्रसंगमा जाने अवसर मिल्नेछ। वैवाहिक जीवनमा आनन्द छाईरहनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

ईश्वर भक्ति र पूजा-पाठबाट दिनको प्रारम्भ गर्नुहुनेछ। परिवारमा  मंगलकारी वातावरण रहनेछ। साथी र आफन्तको तर्फबाट उपहार मिल्नेछ। कार्य सरलतामा नै  पूर्ण हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

पैसाको लेनदेन वा जमानतले फसाउन सक्छ। एकाग्रताको अभावले मानसिक अस्वस्थता बढाउनेछ। स्वास्थ्यको सम्बन्धमा प्रश्न खडा हुनेछ। पैसाको लगानी गलत ठाउँमा नहोस् यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग झगडा हुने सक्ला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

समाजमा अग्रिम स्थान प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक कार्यमा भाग लिन जानुहुनेछ। वृद्द र मित्रको सहयोग मिल्नेछ। रोजगार- व्यवसायमा आय वृद्धि हुने योग छ। सन्तान र श्रीमतीको तर्फबाट लाभ हुनेछ। माङ्गलिक कामको आयोजना हुनेछ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९२०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध देव राशि परिवर्तन गरेर वृष राशिमा प्रवेश, आजबाट यी ४ राशिको भाग्य चम्किँदै !