काठमाडौँ : अङ्ग्रेजी महिना मे(May) ग्रहहरुका राशि परिवर्तनको दृष्टिकोणले अत्यन्तै विशेष रहनेछ। यहीँ महिनाको १० तारिखमा बुधले राशि परिवर्तन गर्दैछ। त्यस्तैगरी १५ मे अर्थात् ज्येष्ठ संक्रान्तिको दिन वृष राशिमा प्रवेश गर्नेछ। मङ्गल मीन राशिमा गोचर गर्नेछ भने शुक्र मेष राशिमा जानेछ। यसबाहेक बुध १३ मेमा अस्ताउनेछ। केही राशिको करियरमा ग्रहहरुका राशि परिवर्तनले धेरै शुभ प्रभाव पार्नेछ। जान्नुहोस् कुन-कुन हुन् ती राशिहरु…?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
कामको दृष्टिकोणले वृष राशिका लागि मे महिना शुभ साबित हुनेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुने देखिन्छ। आम्दानी बढ्न सक्छ। विद्यार्थीहरूका लागि पनि यो महिना अनुकूल साबित हुनेछ। प्रेम जीवनमा खुशीयाली छाउनेछ। आर्थिक पक्ष पहिलेभन्दा मजबूत हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि मे महिना शानदार रहनेछ। कार्यक्षेत्रमा बढुवा मिल्ने प्रबल योग छ। काममा सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि यो समय अनुकूल छ। पारिवारिक जीवन सुखमय रहनेछ। समग्रमा आर्थिक अवस्था राम्रो रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यो राशिका लागि पनि यो महिना शुभ देखिन्छ। प्रेम जीवन र करियर जीवनमा सफलता प्राप्त हुनेछ। कडा मेहनतको शुभ परिणाम पनि मिल्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। यात्राबाट राम्रो आम्दानी गर्नुहुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
जागिर गर्नेहरूले यो महिनामा तमाम लाभ मिल्ने देखिन्छ। व्यापारमा पनि लाभ हुनेछ। मिहिनेतले अनुकूल प्रतिफल दिनेछ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका व्यक्तिहरुले आर्थिक जीवनमा सफलता हासिल गर्नेछन्। मिहिनेतको उचित फल मिल्नेछ। तपाईको जीवनसाथीसँगको सम्बन्ध बलियो हुनेछ। आर्थिक सङ्कटबाट मुक्ति पाउनुहुनेछ। यदि तपाईले ऋण लिनुभएको छ भने यस अवधिमा ऋणबाट छुटकारा पाउनुहुनेछ।