पर्सी बुधले चाल चाल्दा बदलिनेछ ६ राशिका हाल : चम्किनेछ भाग्य, हुनेछ अविरल धनको वर्षात्

काठमाडौँ : धन, बुद्धि, व्यापार, वाणीको कारक ग्रह ग्रह बैशाख १२ गते(अप्रिल २५ सन् २०२२) सोमबार आफ्नो राशि बदली वृष राशिमा प्रवेश गर्दैछ। बुधको यो राशि परिवर्तनले धेरै राशिका मानिसहरुका लागि निकै शुभ दिन ल्याइरहेको छ। लामो समयदेखि आर्थिक र करियरमा समस्या भोग्दै आएकाहरुको दिन फेरिदैछ। जान्नुहोस् कुन राशिका लागि बुधको राशि परिवर्तन शुभ साबित हुँदैछ।

बुधको राशि परिवर्तनले यी व्यक्तिहरूको भाग्य चम्काउनेछ

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि बुधको गोचरले शुभ फल दिनेछ। उनीहरुलाई धन लाभ हुनेछ। अप्रत्याशित रुपमा आम्दानी हुनेछ। बोलीको भरमा मात्र काम बन्नेछ। वकिल, सञ्चारमाध्यम, मार्केटिङ, शैक्षिक क्षेत्रसँग सम्बन्धित मानिसहरुका लागि यो समय शानदार साबित हुनेछ। शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुनेछ। प्रेमी-प्रेमिकाहरुका लागि समय अनुकूल रहेको छ। आफ्नो पार्टनरलाई पर्याप्त समय दिनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

रोजगारी खोज्नेहरूले राम्रो कामको अवसर प्राप्त गर्नेछन्। करियरमा प्रगति गर्नेछन्। नयाँ काम पाउने प्रबल सम्भावना छ। व्यावसायीले लाभ प्राप्त गर्नेछन्। नयाँ घर बनाउन या घरको मर्मतसम्भार गर्न चाहनुहुन्छ भने यो समय राम्रो रहनेछ। घरपरिवारमा खुशीको माहोल रहनेछ। पार्टनरको सहयोग प्राप्त गर्नुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुधको राशि परिवर्तनले कर्कट राशिका लागि धन लाभ गराउनेछ। इच्छाहरू पूरा हुनेछन्। बढुवा-तलब वृद्धि हुन् सक्छ। लगानीका लागि पनि समय राम्रो छ। विशेषगरी व्यापारीहरुलाई धेरै फाइदा हुनेछ। कुनै नयाँ कामको थालनी गर्न चाहनुहुन्छ भने यो समय राम्रो रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुधको राशि परिवर्तनले सिंह राशिका जातकलाई नोकरी-व्यवसायमा सुनौलो अवसर प्रदान गर्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। बढुवा-तलब वृद्धिको सम्भावना छ। व्यापारीको व्यापार फैलिन् सक्छ। ठूला अर्डरहरु आउन सक्छ। रोकिएको पैसा फिर्ता हुन सक्छ। समग्रमा यो समय शानदार रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरूले उच्च अधिकारीहरूबाट प्रशंसा पाउनेछन्। आय बढ्नेछ, यद्यपि खर्चमा पनि ह्वात्तै वृद्धि हुनेछ। करियरमा नयाँ अवसर पनि मिल्नेछ। परिवारका सदस्यहरूलाई माया र सम्मान दिनुहोस्, जीवन खुशीले भरिनेछ। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरुलाई नोकरी र व्यवसाय दुवैमा फाइदा हुनेछ। सफलता पनि मिल्नेछ र आम्दानी पनि बढ्नेछ। ठूलो पद प्राप्त गर्नुहुनेछ। विद्यार्थीहरूले थप मेहनत गर्नुपर्छ। नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ, तर राम्ररी अध्ययन-अनुसन्धान र तयारी गरेर मात्र कदम चाल्नुहोस्।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ११ गतेको राशिफल : आइतबार यी ४ राशिलाई आइलाग्नेछ सङ्कट, सचेत रहनुस्