ग्रहणक लाग्ने प्रक्रिया सुरु हुँदैछ। वर्षको पहिलो ग्रहण अप्रिल ३० मा लाग्नेछ, जुन आंशिक सूर्यग्रहण हो। यसपछि मे १६ मा वर्षको पहिलो चन्द्रग्रहण लाग्नेछ । सन् २०२२ मा कुल ४ वटा ग्रहण छन् जसमध्ये २ सूर्यग्रहण र २ चन्द्रग्रहण छन् । ४ ग्रहणमध्ये २ ग्रहण आगामी केही दिनमा लाग्ने भएको छ । ग्रहणको प्रभावको कारण १२ राशि कै जीवनमा ठूलो प्रभाव पार्नेछ ।
पूर्ण चन्द्रग्रहण हुनेछ
१६ मे २०२२ मा लाग्न लागेको वर्षको पहिलो चन्द्रग्रहण पूर्ण चन्द्रग्रहण हुनेछ। तर यो चन्द्रग्रहण नेपालमा नदेखिने भएकाले यसको सुतक अवधि मान्य हुने छैन । यो चन्द्रग्रहण मे १६ को बिहान ७ बजेर ५८ मिनेटमा सुरु भएर बिहान १२ बजेसम्म रहनेछ ।
यो ग्रहण दक्षिणी/पश्चिम युरोप, दक्षिण/पश्चिम एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, प्रशान्त, एट्ला:-न्टिक, अन्टार्क:टिका, हिन्द महासागरमा देखिनेछ। यो ग्रहण वैशाख शुक्ल पूर्णिमाका दिन लाग्दैछ । साथै यसपछि भने अर्को चन्द्रग्रहण ८ नोभेम्बर २०२२ मा हुनेछ। यो ग्रहण भने नेपालबाट पनि देख्न सकिनेछ ।
ग्रहणको समयमा यी कुरामा ध्यान दिनुहोस्
सूर्यग्रहण होस् वा चन्द्रग्रहण, यी दुवैलाई हिन्दू धर्म र ज्योतिषमा शुभ मानिएको छैन। त्यसैले यस समयमा केही नियमहरू पालना गर्न सल्लाह दिइएको छ, ताकि सूर्यग्रहण र चन्द्रग्रहणको असरबाट बच्न सकियोस । ग्रहणको समयमा केही पनि खानु वा पिउनु हुँदैन। साथै ग्रहणको समयमा पाकेको खानेकुरामा खानु भन्दा पहिउले तुलसीको पात राख्नुपर्छ, ताकि ग्रहणको नराम्रो प्रभाव नपरोस् ।
ग्रहणको समयमा नकारात्मक ऊर्जा बढ्छ, जसले व्यक्तिको दिमागलाई पनि असर गर्छ। त्यसैले यो अवधिमा कुनै पनि ठूलो निर्णय नगर्नुहोस्। तर्कबाट टाढा रहनुहोस्। यदि सम्भव छ भने, यात्रा नगर्नुहोस्। ग्रहणको समयमा सकेसम्म भगवानको पूजा गर्नुहोस् र यस समयमा मन्दिरको ढोका बन्द राख्नुहोस्।
ग्रहण लागेपछि स्नान गरी दान गर्नु पर्दछ । गरिबलाई दान गर्दा ग्रहणको अशुभ फल कम हुन्छ । गर्भवती महिलाले ग्रहणको समयमा धेरै होसियार हुनुपर्छ। यस समयमा गर्भवतीले घर नछोड्नु राम्रो हुनेछ ।