१५ दिनको अन्तरालमा लाग्दैछ २ ठूला ग्रहण, यी ३ राशिलाई हुनेछ अत्यन्तै शुभ !

सन् २०२२ मा कुल ४ वटा ग्रहण लाग्ने भएको छ । जसमा दुई वटा सूर्य ग्रहण र दुईवटा चन्द्र ग्रहण हुनेछन् । बाको केही दिनमा नै वर्षको पहिलो सूर्यग्रहण र चन्द्र ग्रहण लाग्दैछ । विशेष १५ दिनको मात्र अन्तरमा दुई ग्रहण लाग्नेछ । वर्षको पहिलो सूर्य ग्रहण अप्रिल ३० को रातमा लाग्नेछ, त्यसपछि ठीक १५ दिनपछि अर्थात् मे १६ मा पहिलो चन्द्र ग्रहण लाग्नेछ । ज्योतिष शास्त्रका अनुसार ग्रहण लाग्दा सबै राशिलाई असर गर्छ । तर यो ग्रहण कुन ३ राशिका लागि शुभ साबित हुने छ । जान्नुहोस् कुन-कुन हुन् ती राशिहरु….

मेष राशि

मेष राशिका लागि यो ग्रहण शुभ रहनेछ। व्यापार व्यवसायमा सोचे भन्दा नाफा मिल्ने सम्भावना छ । नोकरीमा पदोन्नतिको प्रबल सम्भावना छ । लगानीका लागि उपयुक्त समय रहेको छ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ। कुनै पनि काममा ठूलो सफलता मिल्नेछ ।

सिंह राशि

ग्रहणको शुभ प्रभाव विशेष गरेर सिंह राशिका व्यक्तिहरूलाई हुनेछ। आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुन सक्छ। कार्यस्थलमा आफ्नो कामबाट सहकर्मीहरू खुसी हुनेछन्। हरेक काममा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ । काममा राम्रो पदोन्नति हुने सम्भावना छ। लगानीका लागि समय राम्रो छ । यात्राबाट पनि राम्रो फाइदा उठाउन सकिनेछ।

धनु राशि

दुवै ग्रहणले धनु राशिलाई राम्रो प्रभाव पार्नेछ। आर्थिक जीवनमा सफलता मिल्नेछ । विभिन्न स्रोतबाट धन आर्जन हुनेछ। रोकिएका काम पुरा हुनेछन् । घरपरिवारबाट हरेक काममा सहयोग मिल्नेछ । स्वास्थ्य पनि राम्रो रहनेछ। यस अवधिमा गरिएको यात्राले भविष्यमा राम्रो नतिजा दिनेछ।

 

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१६:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ८ गतेको राशिफल : बिहिबार बिग्रिन सक्छ यी राशिको स्वास्थ्य अवस्था, दिनुस् विशेष ध्यान