आउँदो ५ दिन ४ राशिलाई वरदान समान, हुनेछ लाभै-लाभ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा ग्रहको चालको विशेष महत्व हुन्छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ वटै राशिहरुमा प्रभाव पार्छ। ग्रहहरुको चालका कारण केही राशिले शुभ फल प्राप्त गर्छन् भने केही राशिले अशुभ फल पाउँछन्। ग्रहहरुका चालबाट नै राशिफलको आँकलन गरिन्छ। ग्रहहरुका चालअनुसार आउँदो ५ दिन ४ राशिका लागि निकै शुभ रहने देखिन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कामप्रति उत्साह रहनेछ। धर्म-कर्ममा रुचि बढ्नेछ। आमाको सहयोग पाउनुहुनेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। तपाईको जीवनमा नयाँ मित्रको आगमन हुन् सक्छ। बौद्धिक कार्यबाट धर्नाजन हुनेछ। काममा सरुवा हुने सम्भावना छ। परिवारसँग धार्मिक स्थलको यात्रा हुन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कारोबार विस्तारको योजना साकार हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। घरपरिवारमा माङ्गलिक कार्य हुनेछ। वस्त्रादि उपहार पनि पाउनुहुनेछ। जागिर परिवर्तनसँगै सरुवा हुन् सक्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ। माताको सहयोग मिल्नेछ। वाहन सुखमा वृद्धि हुन् सक्छ। काममा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। घर-परिवारमा सुखसुविधा वृद्धि हुनेछ। कार्यक्षेत्र परिवर्तनको सम्भावना छ। माताको साथ र सहयोग पाउनुहुनेछ। नाफा बढ्ने सम्भावना छ। काममा वरिष्ठ अधिकारीको सहयोग प्राप्त गर्नुहुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा आनन्दको अनुभूति रहनेछ। जागिरमा सरुवा हुने योग छ। आयमा वृद्धि हुनेछ। वरिष्ठ अधिकारीको साथ-सहयोग मिल्नेछ। परिवारबाट पनि सहयोग पाउनुहुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करियर र नोकरीमा सफलता पाउन रातो किताबमा उल्लेख गरिएका उपाय !