मातातीर्थ औँसीको दिन लाग्दैछ खण्डग्रास सूर्यग्रहण, नेपालबाट देखिएला ?

काठमाडौँ : बैशाख १७ गते शनिबार बैशाख कृष्णपक्षको औँसी र शनिबार भएको कारण शनैश्चरी औँसीको संयोग बनेको छ। यससँगै यस दिन खण्डग्रास सूर्यग्रहण पनि लाग्ने भएको छ। यद्यपि यो सूर्यग्रहण नेपालबाट देखिनेछैन्। त्यसैले ग्रहणको सूतक आदि कर्म पनि मान्य हुँदैन्। नदेखिने ग्रहणको सुतक इत्यादि नमानिने शास्त्रमा स्पष्ट उल्लेख छ। तर यस दिन शनैश्चरी औँसी भएकोले दान-पुण्य, तप-जपका लागि विशेष महत्व रहेको छ।

मातातीर्थ औँसी राति १२ बजेर ३० मिनेटमा खण्डग्रास सूर्यग्रहण प्रारम्भ हुनेछ। जुन ४ बजेर २२ मिनेटसम्म रहनेछ। यो वर्ष २०२२ र नव संवत्सर २०७९ को पहिलो ग्रहण हुनेछ, जुन देखिनेछैन्।

ग्रहणको दिन शनैश्चरी औँसी परेको कारण शनिदेवलाई प्रसन्न पार्ने विशेष शुभ अवसर हो। शनि मन्दिरमा तेल-तिल दान गर्नुहोला। शनि स्तोत्र, स्तवराज आदि पाठ गर्नुहोला। पवित्र नदीमा स्नान, जप-तप गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाग्य चम्काउँछ भगवान गणेशको यस्तो मूर्तिले, जान्नुहोस् !