बुध र सूर्य ग्रह कुनै एक राशिमा हुँदा यी दुई ग्रहको मिलनलाई बुधादित्य योग भनिन्छ। बुधलाई काम, व्यापार र वाणीको कारक मानिन्छ भने सूर्यलाई साहस, पद-प्रतिष्ठा र शासन-प्रशासन आदिको कारक मानिन्छ। यो योग ज्योतिष शास्त्रमा निकै शुभ मानिन्छ ।
मंगल ग्रह ७ अप्रिल २०२२ मा कुम्भ राशिमा प्रवेश गरेको छ भने बुध ८ अप्रिलमा मीन राशिमा प्रवेश गरेको छ, यी दुई ग्रह २५ अप्रिल २०२२ सम्म य स्थितिमा रहनेछ। यसपछि मर्च १५ तारिकमा मीन राशिमा गोचर गरी १४ अप्रिलमा सूर्य मेष राशिमा प्रवेश गरेको छ । अप्रिल १४-२५ सम्म मेष राशिमा बुद्धादित्य योग बन्नेछ। जान्नुहोस् कुन राशिका लागि बुधको गोचरले फाइदा हुनेछ ।
मेष राशि
बुधले मेष राशिको पहिलो घरमा प्रवेश गरेको छ। यस्तो अवस्थामा यस समयमा साहस, आत्मविश्वास र बुद्धिमा वृद्धि हुनेछ। यस समयमा लगानी गर्दा फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ ।
वृष राशि
बुध वृष राशिको १२ औं घरमा प्रवेश गरेको छ । यस समयमा मान-सम्मान बढ्नेछ। वैदेशिक व्यापार व्यवसाय गर्नेलाई फाइदा हुनेछ । उच्च शिक्षामा सफलता मिल्नेछ । आफूले गरेको दु:खको राम्रो परिणाम देख्न सक्नुहुन्छ।
मिथुन राशि
बुध मिथुन राशिको ११ औं घरमा प्रवेश गरेको छ। मिथुन राशिको राशि चक्र बुध ग्रह द्वारा शासित छ। तसर्थ, बुध गोचर मिथुन राशिको लागि लाभदायक साबित हुनेछ। नोकरी पेसामा उन्नति र व्यापार व्यवसायमा उन्नति हुनेछ । घरजग्गा सम्बन्धि मामिलामा सफलता मिल्नेछ । धनलाभको योग हुनेछ ।
सिंह राशि
बुध सिंह राशिको नवौं घरमा प्रवेश गर्नेछ। यो राशि परिवर्तन अवधिमा भाग्यले साथ दिनेछ। आर्थिक पक्ष बलियो रहनेछ । जागिर तथा व्यापार गर्नेले बाधा अड्चनबाट मुक्ति मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।