यी ३ राशिको युवतीसँग विवाह गर्ने युवकले जीवन खुब गर्छन् प्रगति, पुग्छन् उच्च स्थानमा !

ज्योतिष शास्त्रमा राशिको आधारमा व्यक्तिको स्वभाव र व्यवहार मात्र नभई उसको भविष्यका बारेमा पनि धेरै कुरा बताइएको छ । ज्योतिष शास्त्रमा केही यस्ता राशिको बारेमा बताइएको छ जसमा यस्तो विशेषता हुन्छ कि उनीहरु आफू मात्र होइन अरुको भाग्य पनि चम्काउँछन् । ज्योतिष शास्त्रको अनुसार यी ३ राशिका युवतीहरु पतिका लागि निकै भाग्यमानी साबित हुन्छन्, यी राशिको केटीसँग विवाह हुने केटाहरुको भाग्य चम्किन्छ र उनीहरु जीवनमा तीव्र गतिमा अगाडि बढ्छन् ।

वृष राशि

वृष राशिका युवती यस मामिलामा निकै भाग्यमानी हुन्छन् । आफ्नो मिहिनेत, इमान्दारिता, बुद्धिमत्ताले आफ्नो सपना पूरा गर्नुको साथै श्रीमानको बलियो सहारा पनि बन्छिन् । यसले पतिलाई लक्ष्यहरू पछ्याउन र जीवनमा तीव्र रुपमा सफलता प्राप्त गर्न मद्दत गर्दछ। त्यसैले यस राशिको युवतीको श्रीमान् बिहेपछि छिट्टै प्रगति गर्छन् ।

कन्या राशि

कन्या राशिका युवतीहरु धेरै बुद्धिमान र धैर्यवान हुन्छन्। त्यस्तै उनी धेरै विनम्र र सबैको हेरचाह गर्ने स्वभावका हुन्छन् । यस राशिका युवती आफ्नो पतिलाई हरेक परिस्थितिमा साथ दिन्छिन् र श्रीमानको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छिन्।

मकर राशि

मकर राशिका युवतीहरू शनिको प्रभावका कारण मेहनती र जोशीला हुन्छन् । हरेक चुनौतीको दृढतापूर्वक सामना गर्नुका साथै हरेक पाइलामा श्रीमान्लाई साथ दिन्छन् । यस राशिका युवतीको दूरदृष्टिको कारण उनीहरुको सल्लाह धेरै उपयोगी छ र जसले श्रीमानलाई धेरै सफलता दिन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको ६ दिन यी ४ राशिलाई अत्यन्तै शुभ, हुनेछ अचानक धन लाभ !