काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार कुनै ग्रह गोचर या कुनै एक ग्रहले अर्को ग्रहसँग योग बनाउँछ। ग्रहको गोचर र ग्रहहरुका योगको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। देवताहरूका गुरु बृहस्पति र दानवहरूका गुरु शुक्राचार्यको संयोग हुँदैछ। ज्योतिषशास्त्रमा बृहस्पतिलाई ज्ञान र वृद्धिको कारक मानिन्छ भने शुक्र ग्रहलाई धन, वैभव र ऐश्वर्यको कारक मानिन्छ। त्यसैले यो योगलाई ज्योतिषीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। यो योग कहिले बन्दैछ छ र योगले कुन-कुन राशिलाई लाभ मिल्छ त ?
वैदिक पञ्चाङ्गअनुसार मीन राशिमा शुक्र र बृहस्पतिको योग बन्दैछ। देवगुरु बृहस्पति ग्रह मीन राशिमा गोचर गरिरहेको छ भने शुक्रदेव बैशाख १४ गते(अप्रिल २७ तारिख) बुधबार मीन राशिमा प्रवेश गर्नेछ। बैशाख १४ गतेदेखि जेठ ९ गते सोमबारसम्म मीन राशिमा दुई ग्रह बृहस्पति र शुक्रको योग बन्नेछ।
यी राशिलाई हुनेछ धनलाभ : –
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि बृहस्पति र शुक्र ग्रहको योग लाभकारी सिद्ध हुनेछ। यो योग वृष राशिको कुण्डलीको ११ औँ भावमा बन्नेछ। जसलाई आयको स्थान भनिन्छ। तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। धन आगमनका मार्गहरु बन्नेछन्। साथै आयका नयाँ श्रोतहरु खुल्नेछन्। व्यावसायिक जीवनमा राम्रो सफलता हासिल गर्नुहुनेछ। कारोबारमा राम्रो मुनाफा हुनेछ। वृष राशिको स्वामी ग्रह शुक्र हो। त्यसैले वृष राशिका जातकमा शुक्र ग्रहको विशेष कृपा रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बृहस्पति र शुक्रको योग कुण्डलीमा दशम स्थानमा हुनेछ। जसलाई कर्मक्षेत्र र नोकरीको भाव भनिन्छ। तसर्थ यस अवधिमा तपाईले नयाँ कामको प्रस्ताव पाउनुहुनेछ। साथै तपाईको बढुवा र तलब वृद्धि हुन् सक्छ। व्यापारमा राम्रो धनलाभ हुन् सक्छ। साथै व्यापार विस्तारको लागि अनुकूल समय रहेको छ। कार्यस्थलमा वरिष्ठ अधिकारीहरुको सहयोग प्राप्त गर्नुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बृहस्पति र शुक्र ग्रहको योग कर्कट राशिको नवौँ स्थानमा हुनेछ। जसलाई भाग्य र परदेश स्थान भनिन्छ। त्यसैले यस अवधिमा भाग्यले तपाईलाई पूरा साथ दिनेछ। यससँगै बाँकी रहेका काम पनि पूरा हुनेछन्। व्यापारमा रोकिएको सम्झौताले पूर्णता पाउनेछ। आर्थिक स्थिति पहिलेको भन्दा राम्रो हुनेछ। वाहन सुख प्राप्तिको प्रबल सम्भावना छ। आम्दानीमा राम्रो वृद्धि हुने सम्भावना छ। प्रतियोगात्मक परीक्षामा सहभागी हुन् लागेका छात्रछात्राले सफलता हासिल गर्नेछन्।