गर्मी छल्न स्विमिङ पुलमा बेनिशा हमाल, ‘पिङ्कपरी’ भन्दै तारिफको वर्षात्

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीहरुलाई अहिले गर्मी मज्जाले लागिरहेको छ। गर्मी महिना सुरु भएसँगै नायिकाहरु स्विमिङ पूलमा बढी रमाउन थालेको भेटिन्छन्। अभिनेत्री बेनिशा हमाललाई पनि उखुम्मै गर्मी लागिरहेको छ। गर्मी छल्न उनी अहिले स्विमिङ पूलको सहारा लिईरहेकी छिन्।

हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले स्विमिङ पूलमा मुस्कुराइरहेका तस्बिरहरु सार्वजनिक गरेकी छिन्। पिङ्क स्विमसुटमा उनको तस्बिरले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ। कतिपयले उनलाई ‘पिङ्कपरी’ भन्दै उनको सुन्दरताको तारिफ गरेका छन्।

नायिका बेनिशा हमालका इन्स्टाग्रामका तस्बिर हेर्ने हो भने उनका अधिकांस तस्बिरहरु आकर्षक एवं हट छन्। पहिरनको मामालामा हट बनेकी बेनिशा हिट भने कहिले बन्ने हुन् दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ।

हालै उनको अभिनय रहेको फिल्म ‘प्रेमगञ्ज’ को टिजर सार्वजनिक गरिएको छ। टिजरले फिल्म प्रेमकथा भएको र फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ। यो फिल्म भाद्र ३ गते प्रदर्शनमा आउनेछ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पारदर्शी पोसाकमा गर्भावस्थाको मज्जा दिँदै अभिनेत्री सोनाम, सार्वजनिक गरिन् यस्ता तस्बिर !