मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिका मानिसका लागि वर्ष २०७९ मध्यम नै रहने देखिन्छ। मनमा डर, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवादको स्थिति आउन सक्छ। वर्षको मध्यमा मनमा राम्रै भएपनि अनेकौं तर्क उत्पन्न हुँदा ठोस निर्णय लिन कठिन होला।
व्यापारीका दृष्टिले यो वर्ष सामान्य फलदायी रहनेछ। लामो समय देखि रोकिएको धन हात पर्न सक्छ। सेयरबजारबाट राम्रो सफलता मिल्ने सम्भावना रहेको छ। आर्थिक हिसाबले तपाईंलाई वैशाख, साउन, भाद्र र मंसिर महिना सबैभन्दा लाभदायक रहनेछ।
यो वर्षको ग्रहहरुको स्थितिलाई हेर्दा मकर राशिका मानिसलाई प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ। पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ। दाम्पत्य जीवनमा भने आर्थिक असमझदारीले दूरी बढ्न सक्नेछ।
यो वर्ष शिक्षा क्षेत्रको हिसाबमा कुरा गर्दा अनुकूल नै रहनेछ। अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार बढी सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने अलि बढी संघर्ष गर्नु पर्ला।
२०७९ सालमा तपाईंको कार्य क्षेत्रमा झमेला आउन सक्नेछ। सरकारी कर्मचारीहरूले विशेषगरी यो समय त्यति शुभ नरहला, सजग रहनुहोला।राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला।
आँखाको समस्याले तपाईंलाई सताउन सक्छ, सावधान रहनुहोला। दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ। आफन्त र घरपरिवारको स्वास्थ्यमा पनि केही खराबी आउनसक्छ। खानपिनमा सावधानी अपनाउनु होला।