दुई व दुई बन्द बढी ग्रहहरु एउटी राशिमा आउनुलाई ग्रह योग भनिन्छ। ज्योतिष शास्त्रमा यस्तो संयोजनको विशेष महत्त्व रहेको छ । ग्रहहरूको यो स्थितिले सबै राशिहरूमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्ने गर्दछ ।
प्रत्येक ग्रह आ-आफ्नै प्रकृतिको हुन्छ । यस वर्ष अप्रिल महिनामा सबै ९ ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्दैछन्। जसका कारण मीन राशिमा दुई प्रमुख ग्रह (दानव गुरु शुक्र र देवगुरु बृहस्पति) को संयोग हुने भएको छ । यस समयमा यी दुई ग्रहहरू बीचको विशेष सम्बन्धले १२ राशिको विशेष जीवनमा परिवर्तन आउने भएको छ । त्यस मध्य केही राशिलाई अत्यन्तै शुभ हुने भएको छ । कुन-कुन हुन् ती राशिहरु….
मेष राशि
दाम्पत्य जीवनमा आएको समस्या समाधान हुने सम्भावना छ, यस बाहेक काममा नयाँ अवसर आउने सम्भावना छ।
उपाय: भगवान शंकरको पूजा गर्नुहोस्।
वृष राशि
आर्थिक समस्या हटेर आर्थिक स्थितिमा सुधार हुनेछ, आगामी दिनहरुमा दीर्घकालीन लाभ मिल्नेछ।
उपाय: लक्ष्मीको पूजा गर्नुहोस्।
कर्कट राशि
यो ग्रहहरुको एक राशिमामा भएको संयोगले कर्कट राशि भएका व्यक्तिहरूलाई सुख र सम्पत्तिको साथै वाहन सुख प्रदान गर्नेछ।
उपाय : चन्द्रमालाई अर्घ्य दिनुका साथै भगवान शिवको पनि पूजा गर्नुहोस् ।
वृश्चिक राशि
ग्रहहरुको यस संयोगले वृश्चिक राशिका व्यक्तिहरूलाई सुख र सम्पत्तिको साथै वाहन सुख प्रदान गर्नेछ।
उपाय : चन्द्रमालाई अर्घ्य दिनुका साथै भगवान शिवको पनि पूजा गर्नुहोस् ।
मकर राशि
ग्रहहरुको यो राम्रो संयोजनले मकर राशिलाई आर्थिक लाभको योग बनेको छ। यस राशि परिवर्तनले मकर राशिको आर्थिक समस्यालाई हटाउन पनि सहयोगी साबित हुनेछ । उपाय: माता पार्वतीको पूजापछि प्रत्येक दिन भगवान भोलेनाथको पूजा गर्नुहोस्।