वर्ष २०७९ कर्कट राशिलाई कस्तो रहला, हेर्नुहोस् वार्षिक राशिफल !

वर्ष २०७९ कर्कट राशिका मानिसका लागि शुभ नै रहनेछ। बृहस्पतिको गोचरले यस वर्ष भाग्यमा वृद्धि हुनेछ। सन्तान सुख प्राप्त हुनसक्छ। व्यवसायीक सन्दर्भमा नयाँ अवसर मिल्नेछन्। वैदेशिक यात्रा हुनेछ।

वर्ष २०७९ व्यापार व्यवसायमा लगानी गर्नु निकै फलदायी हुने सम्भावना रहेको छ। प्रविधि, शैक्षिक क्षेत्र त्यति राम्रो हुने छैन। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज महिना बलियो रहनेछ भने असार र पुष महिना अलि कमजोर रहला।

यो वर्ष प्रेममा रहेका मानिसले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् र नयाँ प्रेम सम्बन्धलाई घर परिवारको समर्थन रहन्छ। घरपरिवारसँग सम्बन्ध पनि बलियो नै हुनेछ।

यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रमा जाने इच्छा रहेका मानिसले राम्रै सफलता प्राप्त गर्लान्। प्राविधिक क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने संकेत छ।

स्वास्थ्य, सेवा र निर्माण क्षेत्रमा लागेका मानिसलाई राम्रो लाभ मिल्नसक्छ। सामाजिक क्षेत्रमा उच्च मान सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा रहेका मानिसले पदोन्नती प्राप्त गर्न सक्छन्।

यस वर्ष स्वास्थ्यको बारेमा भन्नु पर्दा तपाईंको स्वास्थ्य सामान्य नै रहनेछ। स्वास्थ्यले गर्दा खर्च बढ्नसक्छ। हड्डीको सम्बन्धि समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वि.सं २०७९ मा सिंह राशिका मानिस सफल-असफल के हुनेछन्, जान्नुहोस् वार्षिक राशिफल !