आज बैशाखको पहिलो दिन : शेयर बजारमा घटबढ आउँला कि नआउँला ?

काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार आजबाट बैशाख महिना सुरु भएको छ। आज बैशाख महिनाको कृष्णपक्षको प्रतिपदा तिथि हो। यससँगै खरमास सकिएलगत्तै अब सर्वत्र पञ्चेबाजाको आवाज सुनिनेछ।

सामाजिक सञ्जालमा सक्रिय रहने लोकप्रिय ज्योतिषाचार्य डा. सुनील सिटौलाका अनुसार आज नेपाली शेयर बजारमा खासै उतारचढाव आउनेछैन। उनले फेसबुक पेजमा लेखेका छन् – ‘आज नयाँवर्ष २०७९ को पहिलाे दिन नेपाली शेयर बजार यति बढ्ने, उति घट्ने भन्ने अनुमान धेरैले लगाउलान तर मैले अर्थज्योतिष नियम अनुसार हेर्दा बृहस्पतिको होरामा बजार खुल्ने हुँदा सकारात्मक नै परीणाम आउने देख्छु, तर चन्द्रमा ग्रहण योगमा छ, मान्छेको मनिविज्ञान चाँही कमजोर नै रहला, बजार आज भोलाटाइल नै रहला !’

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो राशि अनुसार तपाईको लागि कुन राशिका जातक असल साथी हुन्छन् ?