मेष राशि
यस हप्ता मेष राशिमा मानिसमा धैर्यताको कमी हुनेछ, शैक्षिक कार्यमा बाधा आउन सक्छ । साथीभाइको सहयोगले व्यापार व्यावसाय विस्तार हुनेछ, लाभको अवसर मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ। कार्यस्थलमा मिहिनेत धेरै हुनेछ। आम्दानीमा अवरोध आउन सक्छ, खर्च बढ्नेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ । काम परिवर्तनको सम्भावना छ, साथीभाइको सहयोग मिल्नेछ ।
वृष राशि
काममा उत्साह रहनेछ तर संवादमा सावधान रहनु होस् । मन अशान्त रहनेछ, धर्म र कामप्रति झुकाव बढ्नेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ, आमाको सहयोग मिल्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ, साथीको आगमन हुन सक्छ। बौद्धिक कामबाट आम्दानी हुनेछ, जागिरमा परिवर्तनको सम्भावना छ। परिवारसँग धार्मिक स्थलको यात्रा हुन सक्छ, खर्च बढ्नेछ, स्वास्थ्यमा सजग रहनुहोला।
मिथुन राशि
यस समयमा मनका भावनालाई नियन्त्रणमा राख्नुहोस्, आत्मविश्वासमा कमी आउनेछ। क्रोधलाई नियन्त्रण गर्नुहोस्, पारिवारिक जिम्मेवारी बढ्न सक्छ। परिवारका अग्रज सदस्यबाट लाभ मिल्नेछ, परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। दाजुभाइको सहयोग मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ, काममा उच्च अधिकारीको सहयोग रहनेछ। स्थानान्तरणको सम्भावना छ ।
कर्कट राशि
आत्मविश्वासमा कमी आउनेछ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ, स्वास्थ्यमा सचेत रहनुहोस्। परिवारमा धार्मिक कार्य हुनेछ, साथीभाइको सहयोगमा अचल सम्पत्तिमा लगानी गर्न सकिनेछ। संचित धनमा कमी आउनेछ, लेखन, बौद्धिक कार्यमा धन लाभ हुनेछ । कला संगीतमा रुचि बढ्नेछ, वस्त्रमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा मन सम्मान वृद्धि हुने सम्भावना छ, यस साथ मेहनत अधिक हुनेछ, खर्च बढ्नेछ।
सिंह राशि
मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ, आत्मविश्वासमा कमी आउनेछ। अध्ययनमा रुचि बढ्नेछ, पारिवारिक जीवन सुखमय रहनेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ, अचल सम्पत्तिको विस्तार हुनेछ। कार्य क्षेत्रमा आमाको सहयोग मिल्नेछ तर खर्च बढ्नेछ। सवारी साधन मर्मत सम्भारमा खर्च बढ्न सक्छ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। मिठाई खानेकुरामा रुची बढ्नेछ, अधिकारीसँग मतभेद हुनसक्छ, यस साता मन परिवर्तनको सम्भावना पनि छ ।
कन्या राशि
व्यापार विस्तारको योजना साकार हुनेछ, काममा दाजुभाइको सहयोग मिल्नेछ तर मेहनत धेरै हुनेछ। परिवारमा शुभ कार्य हुनेछ, अनावस्यक खर्च बढ्नेछ। कपडा जस्ता उपहार पनि पाउन सकिन्छ । जागिर परिवर्तनसँगै अन्य ठाउँमा सर्नु पर्न हुन् सक्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ । माताको साथ सहयोग मिल्नेछ, वाहन सुखमा वृद्धि हुनेछ। कार्य क्षेत्रमा उच्च अधिकारीहरुको सहयोग मिल्नेछ ।
तुला राशि
यो साता तुला राशिका मानिसको लागि राम्रो फलदायी हुने देखिन्छ। हरेक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। व्यापार व्यवसायमा लागेका मनिसको लागि यो साता निकै शुभ रहनेछ। तपाईंमा कार्यक्षेत्रको जिम्मवारी थप हुनेछ।
वृश्चिक राशि
छोटो तथा लाभदायक यात्राको योग रहेको छ। तपाईंको कामको प्रशंसा चौतर्फी हुनेछ। धार्मिक कार्यमा तपाईंको मन लाग्नेछ। मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। दाम्पत्य जीवनमा एक-अर्कासँग मनमुटाव उत्पन्न हुनसक्छ।
धनु राशि
यो साता धनु राशिका मानिसका लागि शुभ रहन्छ भन्न मिल्ला। साथी भाइ तथा स्त्री वर्गबाट विशेष सहयोगको आशा गर्न सकिन्छ। हात हालेका हरेका कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ।
मकर राशि
सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। साता भर तपाईंको मन प्रशन्न रहनेछ। लामो समय देखि रोकिएका कार्य यस साता अगाडी बढ्नुका साथै सफलता पनि मिल्ने देखिन्छ। हप्ताको अन्तिममा अ भने समय केही प्रतिकूल हुनसक्छ। प्रेम सम्बन्धमा खटास रहला।
कुम्भ राशि
यो साता चिताएको कामले सफलताको गति प्राप्त गर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने हुनसक्छ।
मीन राशि
यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला। सामान हराउने वा चोरी हुने भय छ। साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ।