पत्नीमा यी ३ गुण हुने पुरुष हुन्छ दुनियाँको सबैभन्दा भाग्यमानी पति

काठमाडौँ : हरेक युवा विवाहको सपना देख्छन्। तर तिनमा अलिकति डर पनि हुन्छ। खराब श्रीमति परियो भने त जीवन नै बर्बाद हुने भन्नेबारेमा पनि उनीहरु सोच्छन्। तिनको यो डर पनि सही नै हो। यसै भनिएको हैन, ‘विवाहको लड्डी खाने पनि पछुताउँछन्, नखाने पनि पछुताउँछन्।’ यद्यपि यदि पत्नी सर्वगुण सम्पन्न परिन् भने विवाहको लड्डु खाएर पनि पछुताउनु पर्दैन्। आचार्य चाणक्यले पनि यस विषयमा आफ्नो राय राखेका छन् ।

आचार्य चाणक्य धेरै विषयहरुमा गहिरो ज्ञान भएका विद्वान थिए। उनले घर-गृहस्थी जीवन लगायत जीवनका अनेक पक्षबारेमा आफ्नो ज्ञान पस्केका छन्। उनले पत्नीका ३ विशेष गुणहरुका बारेमा पनि चर्चा गरेका छन्। चाणक्यका अनुसार जुन व्यक्तिको पत्नीमा यी ३ गुणहरु हुन्छन्, तिनीहरु अत्यन्तै सौभाग्यशाली साबित हुनेछन्। यस्ता गुण भएका पत्नीले घरलाई स्वर्ग बनाउँछिन्। दाम्पत्य जीवनमा पनि कुनै समस्या आउँदैन्। त्यसोभए ती गुणहरु के-के हुन् त ?

धर्म र वेदहरुका ज्ञाता 

आचार्य चाणक्यका अनुसार पत्नीलाई धर्म र वेदको राम्रो ज्ञान हुनुपर्छ। उनमा भगवानप्रति आस्था हुनुपर्दछ। यदि उनमा यी सारा गुण भएमा मात्र उनी सही र गलत छुट्याउन सक्षम हुनेछिन्। यस्ता श्रीमतीले घरको राम्रो हेरचाह गर्छिन्। घरको मान-सम्मान कायम राख्छन्। समाजमा गर्वले शिर उँचो बनाउँछन्। आफ्ना छोराछोरीलाई उचित संस्कार दिन्छिन्। परिवारको आगामी पुस्तालाई सही मार्गदर्शन दिन्छिन्।

मृदुभाषी

आचार्य चाणक्यका अनुसार महिला विनम्र र नम्र बोलीको हुनुपर्छ। जुन व्यक्तिले यस्ता पत्नी पाउँछन्, तिनीहरु भाग्यमानी साबित हुन्छन्। श्रीमतीले आफ्नो राम्रो व्यवहार र मिठो बोलीले सबैको मन जित्न सक्छिन्। यस्ता महिलाले सम्पूर्ण परिवारलाई बाँधेर एकजुट पार्न सक्छिन्। घरमा झगडा हुन दिँदैनन्। घर खुसीले भरिन्छ।

पैसा बचत गर्ने श्रीमती

आचार्य चाणक्यका अनुसार स्त्री पैसा बचत गर्ने हुनुपर्छ। महिलाको धन सञ्चय गर्ने आदतले घरलाई सम्पन्न बनाउँछ। खर्च कम गर्ने श्रीमति परेमा आर्थिक सङ्कटको अवस्थामा धेरै सहायता मिल्न सक्छ। साथै महिलाले आफ्नो व्यक्तिगत कामका लागि कसैको अगाडि हात फैलाउनु पर्दैन्।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९१९:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही दिनमा नै लाग्दैछ वर्षको पहिलो सूर्य ग्रहण, यी ३ राशिलाई हुनेछ चौतर्फी लाभै-लाभ !