• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
२०७९ सालको राशिफल
लोकप्रिय ज्योतिषाचार्य सुनील सिटौलाका अनुसार यो वर्ष लगभग हरेक राशिका सुखद् रहनेछ। उनले आफ्नो फेसबुक लेखेका छन् – “२०७९ सालको सुर्योदय गुरुको बारमा परेको हुनाले यो साल तपाई आफ्नो प्रतिष्ठा एवम उन्नति, प्रगति चाहनु हुन्छ भने वर्षभर नै ज्ञानी र गुरुको इज्जत सम्मान गर्नुस् साथसाथै धार्मिक एवम शैक्षिक सङ्घ-सस्था आदिलाई पनि दान दक्षिणा गर्नुहोस् !!!”
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
वर्ष मध्यम खालको छ। सोचेको भन्दा बढी खर्च गरिएला। पढाइको क्षेत्रमा त्यति ठूलो प्रगति देखिन्न। यद्यपि खर्च भने बढी नै रहला। परिवारको र आफ्नो स्वास्थ्यका लागि खर्च गर्नुपर्ने बाध्यता पर्ला। भैरवको आराधना गरिरहनुहोस्। त्यस्तै बिहीबार बगलामुखीको आराधनाले निकै काम बन्नेछन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वर्षलाई राम्रो रूपमा लिन सकिन्छ। पुराना बाँकी धेरै काम बन्नेछन्। अविवाहित हुनुहुन्छ भने विवाहको सम्भावना पनि छ। माघ महिना फलदायी छ। जागिरको क्षेत्रमा नयाँ काम पाइएला र केही बढोत्तरी हुने सम्भावना छ। भगवतीको आराधना गरिरहनुहोस्। विद्यार्थीवर्गका लागि अनेकौँ झन्झट आउन सक्छन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आंशिक रूपमा सप्रिएको वर्ष छ। मुखबाट निक्लने गलत वाणीहरू यो वर्ष नियन्त्रणमा आउन सक्नेछन्। वर्षको उत्तरार्द्धमा शिक्षाको क्षेत्रमा प्रगति देखिन्छ। पूर्वार्धसम्म गरेको कामको तुलनामा जस नपाए पनि उत्तरार्द्धपछि फलिफाप हुनेछ। शनिबार महाकालको दर्शन गरेमा राम्रो हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
वर्षलाई राम्रो रूपमा लिन सकिन्छ। मनमा रहेका चिन्ता घट्दै जानेछन् त केही असल काम तपाईंबाट सम्पन्न हुने देखिन्छन्। यो वर्षमा धार्मिक कामका साथै यात्रा हुने सम्भावना छ। जागिरको क्षेत्रमा फागुनबाट जटिल समस्या खडा हुनसक्छन्। त्यसलाई निराकरण गर्न शनिको सेवा गर्नुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मनमा कुतर्क चलिरहलान्। मुद्दामामिला र वादविवादमा तपाईंको विजय भए पनि स्वास्थ्यको स्थिति भने राम्रो हुने देखिन्न। विद्यार्थीवर्गका लागि अनेकौँ झन्झट आउन सक्छन्। विदेश जाने सम्भावना क्षीण रूपमा छ। आइतबार बटुक भैरवको दर्शन र सूर्यको आराधना गरिरहनुहोस्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
गएको वर्षभन्दा यो वर्षलाई सुध्रिएको नै भन्नुपर्दछ। असल काम गर्नतिर मनको प्रवृत्ति जाला भने गरेका काम बन्नेछन्। वैशाख बितेपछि केही गतिलो काम हातमा पर्नसक्छ। पढाइतिर त्यति निराशा हुनेछैन र बोलीबाट निकै प्रभाव पार्न सक्नुहुनेछ। स्वास्थ्यमा बाधा आएर खर्च प्रशस्त गर्नुपर्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
वादविवाद पर्ने र मुद्दामामिला बोक्नुपर्ने वर्ष छ। जागिरकै क्षेत्रमा ठूलो प्रगति हुने देखिन्न। खर्च भने प्रशस्तै होला। फासफुसे काममा बढी खर्च हुन जाला। मद्दत गर्ने मित्रको सङ्ख्या त्यति देखिन्न। भदौ महिना निकै राम्रो छ । विदेश यात्रा भए पनि ठूलो फलिफाप हुने देखिन्न।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
माघसम्मको समय राम्रो छ। धेरै काम बनेर जालान्। जागिरको क्षेत्रमा पदोत्रति हुने सम्भावना छ। त्यस्तै नयाँ काम पनि तपाईंको हातमा पर्न सक्छन्। मङ्गल कार्यको सम्भावना बढी छ। फागुनदेखि मानप्रतिष्ठा घट्ने क्रियाकलाप होलान्, पीपलमा जल हाल्नुहोस्
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
स्वास्थ्यमा बाधा आएर खर्च प्रशस्त गर्नुपर्नेछ। आफ्नो मात्रै नभएर परिवारको स्वास्थ्यले समेत खर्च गराइरहला। कात्तिकपछि मात्रै प्रतिकूल परिस्थितिको अन्त्य हुनेछ। बाधालाई हटाउन बगलामुखी र सरस्वतीको आराधना गरिरहनुहोस्। व्यापार, व्यवसायमा मध्यम छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
वर्ष राम्रो खालको छ। खर्चको मात्रा त घट्नेछैन तर राम्रो काममा नै खर्च हुनाले मनमा खित्रता हुने देखित्र। वैशाखपछिका समय सप्रिँदै जानेछन्। यो वर्षभित्र केही माङ्गलिक काम सम्पत्र हुनेछन्। जागिरको क्षेत्रमा ठूलो प्रगति देखिँदैन। नयाँ काम पनि तपाईंको हातमा पर्न सक्छन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कामका केही नयाँ स्रोत भेटिनेछन्। त्यस्तै नयाँ खालको व्यापार तपाईंको हातमा पर्न सक्छ। जागिरबाट भन्दा व्यापार व्यवसायबाट नै फाइदा हुनेछ। विदेश यात्राको सम्भावना छैन। ज्यादै ठूलो महत्वपूर्ण काममा सफलता पाइएला जस्तो देखिन्न। शनिको आराधना गरिरहनुहोस्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
गएको वर्षभन्दा यो वर्ष सप्रिएको मात्रुपर्छ। मनमा भय र शङ्का भए पनि केही ठूला काम तपाईंको हातबाट सम्पत्र हुनेछन्। शिक्षाको क्षेत्रमा प्रगति देखिन्छ। जागिरतिर मध्यम समय छ। पूर्वाद्र्धभन्दा उत्तराद्र्धमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला र गोडामा तकलिफ हुनसक्छ।