काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख ३ गते शनिबार हो। शनिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
बैशाख ३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शनिबार(Saturday)।।। नक्षत्र – हस्त , ८:५१ बजे उप्रान्त चित्रा ।।। तिथि – पूर्णिमा , २५:०३ बजे उप्रान्त प्रतिपदा ।।। करण –भद्रा १३:४० बजेदेखि वव , २५:०३ बजे उप्रान्त तैतिल ।।। योग – व्याघात ५:४६ बजेदेखि हर्षण , २७:४३ बजे उप्रान्त सिद्धि ।।। वैशाख ०३, २०७९, शनिवार ।।। १६ अप्रिल, सन् २०२२ ।।। पूर्णिमा, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ४१ ।।। सूर्यास्त(sunrise) – १८:२८ ।।। कार्यक्रमहरू : बालाजु बाइस-धारा मेला, हनुमान जयन्ती, भ.पु. ब्रह्माणीयात्रा, भक्तपुर ब्रह्मायणी यात्रा शुभ साइत :- होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
दिन आनन्ददायक रहनेछ। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुनेछ। अधिक मान्छेसँग सम्पर्क बनिरहनेछ। तपाईको क्षेत्रमा बाहिरको व्यक्तिसँग सङ्गत गर्ने अवसर पाउनुहुनेछ। बौद्धिक कार्य गर्न रुचि बढ्नेछ। सेवा कार्यको लागि शुभ दिन रहेको छ। शारीरिक स्वस्थता र मानसिक प्रफुल्लता बनिरहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वैचारिक स्तरमा विशालता र बोलीको मधुरताले अन्य मान्छेलाई प्रभावित गर्नुहुनेछ। बैठकमा तपाईले आफ्नो बोलीले मानिसहरुलाई प्रभावित पार्नुहुनेछ। परिश्रम अपेक्षित परिणाम मिल्दा त्यस क्षेत्रमा अगाडी बढ्नुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मन अनिर्णायक स्थितिमा रहनेछ। अधिक भावुकताले मनलाई अस्वस्थ राख्नेछ। आमा प्रति अधिक भावनात्मक रहनुहुनेछ। बौद्धिक चर्चाको प्रसंग उपस्थित हुनेछ। तर वाद-विवादलाई ताल्नुहोला। पारिवारिक र स्थावर सम्पत्तिको विषयमा चर्चा गर्नुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
भाईबाट लाभ मिल्नेछ। मित्रसँग भएको भेटबाट लाभ मिल्नेछ। सहवासको आनन्द लिनुहुनेछ। कुनै सुन्दर स्थलको यात्रा हुनेछ। हरेक कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धीमा विजय प्राप्त हुनेछ। भाग्य वृद्दि हुने प्रसंग रहनेछ। सामाजिक वा आर्थिक रूपले सम्मान प्राप्त हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
विभिन्न योजनाको विषयमा अधिक विचार द्विधामा ल्याएर खडा हुनेह्च। परिवारसँग राम्रो वातावरण प्राप्त हुनाले प्रसन्नता वृद्दि हुनेछ। टाढास्थित व्यक्ति वा संस्थासँग सम्बन्ध दृढता आउनेछ। अधिक खर्चबाट बच्नुहोला। निर्धारित कार्यमा अपेक्षाकृत कम सफलता प्राप्त हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिन निकै राम्रो रहनेछ। शारीरिक एवम मानसिक रूपले स्वस्थ र प्रसन्न रहनुहुनेछ। मित्र र आफन्तसँग आनन्ददायी भेट हुनेछ। बसाई हुनेछ। दिन तपाईको लागि निकै लाभदायक रहेको छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
क्रोधमा ध्यान राख्नुहोला। परिवारसँग विवाद नहोस यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्य बिग्रिन सक्ला। अदालतका काममा ध्यान राख्नुहोला। मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। आध्यात्मिकता र ईश्वरभक्तिले मनलाई शान्ति प्रदान गर्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
दिन तपाईको लागि लाभदायी र शुभफल प्राप्त हुनेछ। सांसारिक सुख प्राप्त हुनेछ। विवाहोत्सुकको लागी विवाहको योग रहेको छ। व्यावसायिक क्षेत्रमा विशेष लाभ हुनेछ। उच्च पदाधिकारी तपाईको कार्यबाट प्रसन्न हुनेछ। मित्रसँग भेट हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
दिन तपाईको लागि शुभ रहेको छ। आर्थिक मामलामा उचित योजना बनाउन सक्नुहुनेछ। हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। व्यापार व्यवसाय विस्तारको योजना बनाउनुहुनेछ। उच्च पदाधिकारीबाट लाभ हुनेछ। पदोन्नतिको योग रहेको छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
दिन मध्यम फलदायी रहेको छ। बौद्धिक कार्य गर्नको लागि दिन शुभ रहेको छ। लेखन प्रवृत्ति वा साहित्यसँग सम्बन्धित कुनै पनि प्रवृत्ति हुनेछ। सरकारी कार्यमा परिस्थिति प्रतिकूल महसूस हुनेछ। शरीरमा हल्का थकान रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। अधिक विचारले सताउनेछ। परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ। क्रोध अधिक मात्रामा नहोस् यस कुराको ध्यान राख्नुहोला। कुनै पनि प्रकारको अनैतिक कृत्यबाट टाढा रहनुहोला। ध्यान र आध्यात्मिकताले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनोरञ्चन र आनन्दमा डुब्नुहुनेछ। कलाकारिता, लेखन आदि प्रतिभा प्रकट गर्ने अवसर मिल्नेछ। व्यवसायमा साथीसँग उत्तम समय रहनेछ। आफन्त, मित्रसँग बिताएका पलले आनन्दित बनाउनेछ। दाम्पत्य जीवनमा निकटता र मधुरता आउनेछ।