काठमाडौँ : आगामी बिहिबारसम्मको समय कैयौँ राशिको लागि लाभदायक रहनेछ। बिहिबार सम्म धनु र कुम्भ राशि हुने व्यक्तिको लागि आर्थिक लाभ हुनेछ भने केहि राशि हुने व्यक्तिको जीवनमा चुनौति आउनसक्ला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशी हुने व्यक्तिको मानसम्मान बढ्नेछ। मित्रसँग सम्पर्क बढ्नेछ। प्रतियोगीले परीक्षामा राम्रो गर्नेछ। अनुकूलताको प्रतिशत बढ्नेछ। कार्य विस्तारको योजना बनाउनुहुनेछ। स्वास्थ्य समस्याबाट बच्नुहोला। जीवनसाथीबाट सहजता सामान्य रहनेछ। सन्तानबाट शुभ सामाचार मिल्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशी हुने जातकलाई आकस्मिक लाभ हुनेछ। बोलि व्यवहारमा सहजता रहनेछ। खानपानमा सतर्कता राख्नुहोला। कार्यक्षेत्रमा समिक्षकको सहयोग पाउनुहुनेछ। निजी जीवनमा प्रेम स्नेह रहनेछ। शुभ सूचनाको आदान प्रदान बढ्नेछ। प्रतिभा प्रदर्शन र प्रभावमा वृद्धि हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आर्थिक मामिलामा गति मिल्नेछ। प्रतिभा प्रदर्शनले सबै प्रभावित रहनेछ। मान्छेको अपेक्षामा खतरा हुनेछ। विश्वसनीयता, आदर र व्यावसायिकता वृद्धि हुनेछ। साहस पराक्रम सम्पर्क र सम्बन्ध वृद्दि हुनेछ। अप्रत्याशित शुभ सूचना प्राप्त गर्नुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। कानुनी मामलामा सतर्कता अपनाउनुहोला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
तपईलाई भाग्यले साथ दिनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। आशंकाबाट मुक्त रहनुहोला। सक्रियता र प्रभाव बह्द्नेछ। अवसरबाट लाभ उठाउनुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। व्यक्तिगत मामिला राम्रो रहनेछ। साथीसँग कुराकानीमा ध्यान राख्नुहोला। साझा प्रयासमा सहजता रहनेछ। बोलीमा विशेष ध्यान राख्नुहोला।