जूनियर एन्टीआर र रामचरणको मुख्य भूमिका भएको भारतको साउथ चलचित्र ‘आरआरआर’ ले विश्वोभरको मानिसलाई चकित पारेको छ । यस चलचित्र हेर्ने मानिसहरुले चलचित्रको निकै तारिफ गरेको पाउन सकिन्छ । फिल्ममा कलाकारहरुको अभिनयदेखि लिएर छायांकन, गीत, रोमान्स र एक्सन अद्भुत रहेको छ ।
यस चलचित्रलाई हिन्दी भाषामा निकै रुचाएको पाउन सकिन्छ । यससँगै यस चलचित्रले यस भन्दा पहिलेको चलचित्रले आफ्नो नाममा बनेको धेरै कीर्तिमान पनि आफ्नो नाममा बनाएको छ । तर अहिले रिलिज भएको २० दिन बितिसक्दा पनि चलचित्रको व्यापारमा क्रमश: कमी आउन थालेको छ । हाल रिलिज भएको चलचित्रले बजार तताउन लागेको छ ।
हाल भारतीय सञ्चार माध्यममा प्रकाशित खबर अनुसार ‘साउथ’ चलचित्र ‘आरआरआर’ ले तेस्रो हप्ता, शुक्रबार – ५ करोड, शनिबार – ७.५० करोड, आइतबार – १०.५० करोड, सोमबार – ३.५० करोड, मंगलबार – ३ करोड, बुधबार – २.७० करोड गरेर सय हप्ता कुल – २४०.७९ करोड कमाएको छ । फिल्मले हिन्दी क्षेत्र र भारतमा मात्रै यति धेरै व्यापार गरेको हो ।