बैशाखको राशिफल : लौकिक शक्ति नकारात्मक हुँदा यी राशिको जीवनमा घट्छ अप्रिय दुर्घटना

वि.सं. २०७९ साल बैशाख महिनाको मासिक राशिफल 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा बढोत्तरी गराउने छ। प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्ने छ। कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ। दशौँ मङ्गलको कारण विवादमा विजयी गराउने छ। यात्रा मनोरञ्जन तथा विलासिताका विषयमा सञ्चित धनराशिको खर्च गराउने छ। अध्ययन अध्यापनमा अभिरुचि लाग्ने छ। महिनाको पूर्वार्धमा आर्थिक कारोबारमा सफलता मिल्ने, इष्टमित्रसँगको भेटघाट एवं पारिवारिक सुख-सन्तोष मिल्ने देखिएपनि उत्तरार्धमा खर्च बढ्नुका साथै आँटेको काममा सामान्य बाधा अड्चनको सामना गर्नुपर्ने देखिन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। आँटेका काम क्रमशः बन्दै जानुका साथै रोकिएका कामसमेत बन्दै जानेछन्। महिनाको पूर्वार्धमा आँटेको काममा सफलता मिल्ने, सामाजिक एवं धार्मिक काममा अभिरुचि बढ्ने, आयस्रोत बढेर जाने, मनोरञ्जन तथा मानसम्मानसमेत मिल्ने ग्रहयोग रहेको छ भने उत्तरार्धमा शारीरिक परिश्रम, दौडधूप, एवं घरायसी खर्चको मात्रा बढेर जाने देखिन्छ। युवावर्गका लागि रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनमा समय बित्ने छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शारीरिक आरोग्यता साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। मनोबल उच्च रहने छ। पठनपाठनमा गहिरो अभिरुचि बढेर जाला। इष्टमित्र एवं साथीभाइको सरसहयोग पाइनेछ। सन्तान एवं पारिवारिक सुख राम्रो होला। रोकिएका काम क्रमशः बन्दै जाने छन्। कर्मचारी वर्गका लागि मान एवं पदप्रतिष्ठा बढेर जाला। आर्थिक पक्षका काममा राम्रै सफलता हात पर्नेछ। वादविवाद एवं प्रतिस्पर्धामा विजयश्री मिल्नेछ। महिनाको पूर्वार्धमा देखापरेका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन्। रमाइलो भेटघाट एवं मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ। सामान्य शारीरिक परिश्रमका साथै मानसिक तापसमेत बढ्न सक्ने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले केही सताउने छ। महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताको सम्भावना छ।पठनपाठनमा सफलताका लागि धेरै लगनशीलताको आवश्यक पर्नेछ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखापर्ने छ। अनावश्यक विवादमा पार्न सक्ने देखिएकाले बोलीवचनमा विचार गर्नुपर्ला। महिनाको उत्तरार्धमा स्वास्थ्यलाभका साथै धनागमको योग छ। रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यव्यस्तता बढेर जाने छ। शारीरिक परिश्रमका साथै मानसिक अस्थिरतासमेत बढेर जान सक्ने छ। सामान्य अस्वस्थताको सम्भावना रहेको छ। महिनाको पूर्वार्धमा खर्चको मात्रा बढेर जानेछ भने उत्तरार्धमा आम्दानीका बाटा मिल्ने छन्। मनपर्ने उपहारको लाभ एवं मनोरञ्जनका अवसर समेत मिल्ने छन्। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ। अध्ययन अध्यापनमा अभिरुचि बढेर जाला। धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

अनावश्यक दौडधूप एवं परिश्रम केही बढी नै पर्न जाने छ। सामान्य विषयलाई लिएर विवादमा पार्न सक्ने देखिएकाले बोलीचालीमा विचार पुर्याउनुहोला। दाम्पत्य सम्बन्धमा चिसोपना बढ्न सक्ने छ। घरायसी खर्चको मात्रा बढेर जाने छ।अध्ययन अध्यापनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने छन्। सन्तान एवं परि वार को चिन्ताले सताउने छ।महिनाको उत्तरार्धमा आँटेका काममा सफलता मिल्नुका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। मनोबल बढेर जानाले कार्यक्षमतामा समेत बढोत्तरी भएर जाने छ। वादविवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ। दाम्पत्य सम्बन्धमा माधुर्यताको अनुभव गराउला। महिनाको पूर्वार्धमा आकस्मिक यात्राको सम्भावना छ। भाग्यले राम्रै साथ दिनाले आँटेका काम सफल बन्नेछन्। पठनपाठनमा समेत गहिरो अभिरुचि लाग्ने छ। धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

उच्च मनो बलका साथ कार्यक्षमतामा उल्ले ख्य प्रगति गराउने छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ। शरीरमा सामान्य अस्वस्थताको सम्भावना छ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको समेत योग छ।अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्नाले सोचे अनुसारको सफलता मिल्ने देखिन्न। खर्चको मात्रा बढेर जानाले आर्थिक अभाव गराउन सक्ने छ। धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्नेछ। प्रतिस्पर्धामा राम्रै सफलता मिल्ने छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मानसिक दुविधा एवं अस्थिरता बढेर जाला। सामान्य अस्वस्थताको सम्भावना छ। सवारी चलाउँदा एवं यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्ने छ। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउला। नयाँ लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा नै राम्रो होला। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखिने छ। महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ। सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सामान्य चोटपटकको योग रहेकाले यात्रा तथा सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ। मनले सोचेका योजना तथा काममा ढिलासुस्ती गराउने छ। आत्मबल एवं धैर्यता भने बढेर जाला। अनावश्यक विवादमा पार्ने योग समेत छ। महिनाको पूर्वार्धमा सामान्य बाधाअड्चन देखिए पनि उत्तरार्धमा धनागम, काममा सफलता एवं मानसिक प्रसन्नता मिल्ने छ।पठनपाठनमा लागेको अभिरुचि यथावत् रहने छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नयाँ लगानी एवं लेनदेनसम्बन्धी विषयमा विचार पु¥याउनुपर्ला। घरायसी खर्चको मात्रा बढेर जानेछ । गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने देखिन्छ। अनावश्यक विवादमा पार्ने योग रहेकाले बालीचालीमा विचार पु¥याउनुपर्ने छ। महिनाको पूर्वार्धमा सामान्य अस्वस्थता एवं कार्यबाधा देखापर्ने छन्। उत्तरार्धमा धनागम एवं कार्यसिद्धिको योग छ। पठनपाठनका साथै धार्मिक काममा अभिरुचि बढेर जाने छ। सामाजिक कार्यमा समेत मन लाग्ने छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। साथीहरूसँगको रमाइलो भेटघाटले मन रमाउने छ। शरीरमा सामान्य अस्वस्थता एवं चोटपटकको समेत सम्भावना देखिएकाले वाहन चलाउँदा सावधानी अपनाउनुपर्ला। विश्वासघात हुनसक्ने योग रहेकाले मान्छे चिनेर व्यवहार गर्नुपर्ने छ। पठनपाठनमा आएका बाधाअड्चन यथावत् रूपमै देखिएका छन्।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साल २०७९ मा अप्रिय दुर्घटना घट्न सक्छ यी राशिका जीवनमा, पढ्नुहोस् मेषदेखि मीनसम्मको वार्षिक राशिफल